अहिले अभिनेत्री प्रियंका कार्कीले छोरी ६ महिना पुगेको अवसरको केही तस्बिर सामाजिक सञ्जाल इन्स्टाग्राममा सार्वजनिक गरेकी छिन् । जुन अहिले निकै भाइरल भएको छ ।
अहिले अभिनेत्री प्रियंकाले उनको छोरी छ महिना पुगेको अवसरमा एक पोस्ट सार्वजनिक गर्दै छोरीको केही सुन्दर तस्बिर सार्वजनिक गरेकी छिन् । अभिनेत्री तस्बिर सार्वजनिक गर्दै लेख्छिन् ‘तिमिले मेरो अनमोल मलाई ‘आमा’ बनायौ र मैले तिम्री आमा भएको हरेक पल मन पराएको छु। यो साँच्चै सम्मान भएको छ। ‘
पछिल्लो समय अभिनेत्री हरेक पल उनको हरेक क्रियकलापको तस्बिर तथा भिडियो सार्वजनिक गर्ने गर्छिन् । त्यस्तै केही दिन पहिले अभिनेत्रीले छोरीको पास्नी गरेको तस्बिर सार्वजनिक गरेकी थिइन् । जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।
त्यस्तै केही दिन पहिले छोरीको पहिलो होली भन्दै अभिनेत्रीले होली मनाएको तस्बिर सार्वजनिक गरेकी थिइन् ।
अहिले अभिनेत्री प्रियंकाले सार्वजनिक गरेको तस्बिरमा अभिनेत्रीका फ्यानले लगातार लाइकको साथै कमेन्टको मार्फत बधाई दिएका छन् ।