चर्चित टेलिभिजन तथा बलिउड चलचित्र अभिनेत्री मौनी राय हाल श्रीलंकाको कोलम्बोमा छिन् । होलीको अवसरमा उनी त्यहाँ बिदा मनाउँदै छिन् । उनले यो छुट्टीमा हरेक दिन फरक-फरक अवतारको तस्बिरहरु सार्वजनिक गरेर सामाजिक सञ्जालमा चर्चामा आएकी छिन् । आइतबार मार्च २० मा मौनीले आफ्नो इन्स्टाग्राम खातामा हरियो रंगको पोसाकमा केही ह-ट तस्बिरहरु सेयर गरेकी छिन् ।
यी तस्बिरहरुमा मौनी राय निकै सुन्दर देखिएकी छिन् । तस्बिरमा अभिनेत्रीले हरियो छोटो पोशाक लगाएकी छिन्।
तस्बिरमा उनी समुन्द्रको किनारमा राति अबेरसम्म चन्द्रमाको छरिएको प्रकाशमा रमाइलो गरिरहेको देखिन्छ । तस्बिरमा उनीसँगै समुन्द्र पनि सुन्दर देखिएको छ ।
मौनीले आफ्नो प्रेमी सुरज नाम्बियारसँग जनवरी २७ मा गोवाको विलासी हि:-ल्टन रि:सोर्टमा मलयाली र बंगाली रीतिथिति अनुसार विवाह गरेकी हुन् ।
अभिनेत्रीले तस्बिर सार्वजनिक गर्दै क्याप्सनमा लेखेकी छिन्, ‘विश्वासमा जिउनुहोस् प्रार्थना गर्नुहोस्, माया गर्नुहोस्, डान्स गर्नुहोस् हाँस्नुहोस्।’ अहिले अभिनेत्रीको तस्बिरमा फ्यानहरुले लगातार लाइक, कमेन्ट गरिरहेका छन् ।