तस्बिरमा देखिएकी यी हँसिली बच्चीलाई चिन्नु भयो ? आमिर, शाहरुखको साथमा गरेकी छिन् काम !

अहिले एक बलिउड अभिनेत्रीको बाल्यकालको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । जसमा अभिनेत्रीलाई निकै क्यु-ट र सुन्दर देखिएको छ । केही समय पहिले देखि थुप्रै बलिउड अभिनेता अभिनेत्रीको बाल्यकालको तस्बिर भाइरल हुने क्रममा बढेको छ । अहिले यी अभिनेत्रीको बाल्यकालको तस्बिर चिन्न मानिसहरुलाई निकै मुस्किल भएको छ ।

अहिलेको समयमा यी अभिनेत्री बलिउडका धेरै हि-ट फिल्महरूमा पनि काम गरिसकेकी छिन् र साउथको मात्र होइन बलिउडका सुपरस्टारहरूको पनि नायिका भएकी छिन् ।

तस्बिरमा देखिएकी बच्ची अभिनेत्री असिन हुन् । असिनले आफ्नो करियर दक्षिण भारतीय फिल्मबाट सुरु गरेपछि बलिउडमा डेब्यु गरेकी थिइन् । असिनले आमिर खान, सलमान खान र धेरै ठूला कलाकारसँग काम गरिसकेकी छिन् । व्यक्तिगत जीवनको कुरा गर्ने हो भने, असिन थो:-ट्टुम्कलको जन्म २६ अक्टोबर १९८५ मा केरला राज्यको कोचिनको एक क्या:-थोलिक परिवारमा भएको थियो।

असिनले २०१६ मा माइक्रोम्याक्सका सह-संस्थापक राहुल शर्मासँग विवाह गरिन् र अभिनयबाट ब्रेक लिएकी छिन् । अहिले उनको चार वर्षकी छोरी छिन् ।

अभिनेत्री असिनको फिल्म ‘गजनी’ उनको करियरको लागि धेरै महत्त्वपूर्ण थियो। यो फिल्मसँगै उनको करियरको ग्राफ अचानक उकालो लागेको थियो । असिन गजनी, रेडी, बोल बच्चन, अल इज वेल जस्ता धेरै हिन्दी फिल्महरूमा मुख्य भूमिकामा देखिएकी थिइन्।

प्रकाशित : सोमबार, चैत ०७, २०७८११:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

श्रीमानको काखमा बसेर अभिनेत्री आँचल नयाँ रुप, तस्बिर भाइरल हुँदै !