काठमाडौँ : शनिको साढेसातीले जस्तै शनिको ढैय्याले पनि मानव जीवनलाई प्रभाव पारिरहेको हुन्छ। शनिको साढेसातीको अवधि साढे सात वर्षको हुन्छ। जबकि शनिको ढैय्याको अवधि अढाई वर्षको हुन्छ। ज्योतिष शास्त्र अनुसार यतिबेला शनि मकर राशिमा विराजमान छ। मकर राशिमा शनि अर्को वर्ष २०७९ को वैशाख १६ गते(अप्रिल २९) सम्म विराजमान रहनेछ। अहिले शनिको नजर ५ राशिहरुमाथि रहेको छ। यस्तो अवस्थामा शनिको ढैय्याबाट पीडित जातकले कहिलेबाट मुक्ति पाउनेछन् त ?
ज्योतिष शास्त्र अनुसार शनिदेवले राशि परिवर्तन गर्दा ढैय्याबाट मुक्ति पाउँछन्। यससँगै केही राशिका जातकले साढेसातीको प्रकोपबाट पनि मुक्ति पाउनेछन्। आउँदो वैशाख १६ गते शनिले राशि परिवर्तन गर्दा मिथुन र तुला राशिका जातकले ढैय्याबाट मुक्ति पाउनेछन्। त्यस्तै आउँदो वर्ष २०७९ को असार २८ गते(१२ जुलाई) शनि फेरि मकर राशिमा प्रवेश गर्नेछ।
यो स्थितिमा शनि २०७९ को माघ ३ गते(१७ जनवरी २०२३) सम्म रहनेछ। यस समयावधिमा मिथुन र तुला राशि एकपटक फेरि पनि शनिको चपेटामा पर्नेछन्। यसरी माघ ३ गते शनिको दशाबाट पूर्ण छुटकारा पाउनेछन्। यसबाहेक कर्कट र वृश्चिक राशिमा शनिको ढैय्या सुरु हुनेछ। साथै मीन राशिमा शनिको साढेसाती सुरु हुनेछ। जबकि धनु राशिका जातक यसबाट मुक्त हुनेछन्।
शनिदेवलाई प्रसन्न गर्नाले शनिको प्रकोप कम हुने जनमान्यता रहेको छ। यहीँकारण प्रत्येक शनिबार शनिदेवको विधि-विधानपूर्वक पूजा गर्नुहोस्। साथै शनि चालिसा र हनुमान चालिसा पाठ गर्नुहोस्। पीपलको वृक्षमा तोरीको तेल हाली दियो बाल्नुहोस्। यसका साथै भगवान शिवको पूजा-आराधना गर्नुहोस्।