नववर्षदेखि हुनेछ यी राशिको भाग्योदय, रहनेछ सूर्यदेवको विशेष कृपा

काठमाडौँ : हिन्दू पञ्चाङ्गअनुसार हिन्दू नववर्षको सुरुवात चैत १९ गते चैत्र शुक्लपक्षको प्रतिपदाबाट हुँदैछ। प्रत्येक वर्ष चैत्र शुक्ल प्रतिपदादेखि नयाँ संवत्सर शुरु हुन्छ। चैत्र नवरात्रि पनि यहीँ दिनबाट प्रारम्भ हुन्छ। विक्रम नवसंवत्सर २०७९ मा केही राशिको भाग्योदय हुने निश्चित छ। ज्योतिष शास्त्रअनुसार यी राशिमाथि वर्षभरी सूर्यदेवको विशेष कृपा रहनेछ। हिन्दू नववर्षदेखि कुन-कुन राशिको सुखद् दिनहरु सुरु हुँदैछन् त…

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

आत्मविश्वास बढ्नेछ। कार्यस्थलमा तपाईद्वारा गरिएको कामको प्रशंसा हुनेछ। हरेक काममा सफलता मिल्ने सम्भावना छ। खुब मान-सम्मान मिल्नेछ। माता लक्ष्मीको विशेष कृपा रहनेछ। आर्थिक पक्ष मजबूत हुनेछ। शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुका लागि समय शुभ रहनेछ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

धार्मिक यात्रामा जाने सौभाग्य प्राप्त हुनेछ। चरम आर्थिक अभावबाट मुक्ति पाउनुहुनेछ। लेनदेनबाट लाभ हुनेछ। शत्रुहरुमाथि विजय हासिल गर्नुहुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। परिवारका सदस्यसँग पर्याप्त समय व्यतीत गर्ने अवसर पाउनुहुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

सूर्यको राशि परिवर्तन तुला राशिमै हुँदैछ। यस समयावधिमा तुला राशिमा सबैभन्दा बढी प्रभाव पर्नेछ। सूर्य गोचर कालमा तपाईले शुभ परिणाम प्राप्त गर्नुहुनेछ। मन प्रसन्न रहनेछ। मान-सम्मानमा वृद्धि हुनेछ। जीवनसाथीसँग समय व्यतीत गर्ने अवसर पाउनुहुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

सूर्यको राशि परिवर्तनले विदेशी कम्पनीमा आबद्द व्यक्तिहरुलाई लाभ मिल्नेछ। व्यापारमा मुनाफा हुनेछ। मानसिक तनाव कम हुनेछ। स्थान परिवर्तन या बढुवाको योग बनेको छ। शैक्षिक क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुका लागि यो समय कुनै वरदानभन्दा कम हुनेछैन्। पारिवारिक जीवन सुखमय रहनेछ।

प्रकाशित : शनिबार, चैत ०५, २०७८१७:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विदुर नीति: यस्ता स्वभाव भएका मानिसहरु सधैँ आर्थिक अभावले अनेक समस्यामा पर्दछन् !