शनि देव यस वर्ष दुई पटक राशि परिवर्तन गर्दै, ४ राशिलाई हुनेछ अत्यन्तै शुभै-शुभ !

ज्योतिष शास्त्रका अनुसार सबैभन्दा सुस्त गतिमा चल्ने ग्रह शनिदेव हो । शनिले साढे दुई वर्षमा एक पटक राशि परिवर्तन गर्छन्। सन् २०२१ मा शनिले एक पटक पनि राशि परिवर्तन गरेनन् र अब सन् २०२२ मा दुई पटक राशि परिवर्तन गर्न लागेका छन् । यस वर्ष शनि एक पटक भने सामान्य रुपमा राशि परिवर्तन गर्ने छन् ।

अप्रिल बैशाख १६ गते राशि परिवर्तन गरी मकर राशि छोडेर कुम्भ राशिमा प्रवेश गर्नेछन् तर फेरी जेठ २२ गते उल्टो चाल चलेर फेरी मकर राशिमा नै आउने छन् । न्यायको देवता मानिने तथा ज्योतिष शास्त्रमा सबैभन्दा महत्त्वपूर्ण ग्रह मानिने शनिको दुई पटक राशि परिवर्तनले मानिसको जीवनमा ठूलो परिवर्तन ल्याउनेछ । शनिको यस राशि परिवर्तनले ४ राशिलाई अत्यन्तै शुभ हुने भएको छ ।

मेष राशि

मेष राशिका लागि शनिको राशि परिवर्तन निकै शुभ रहनेछ । सबै कुरामा सफलता मिल्नेछ । काममा पदोन्नति-वृद्धि मिल्नेछ। मान सम्मान मिल्नेछ नयाँ काम पाउन सकिनेछ । कार्यस्थलमा सम्बन्ध सुमधुर रहनेछ ।

वृष राशि

वृष राशिका व्यक्तिहरूलाई वैशाख १६ गतेपछि भाग्यको पूर्ण सहयोग मिल्नेछ । तपाईको मेहनत अब पूरा हुने समय आएको छ। चाहेको काम पाउन सकिन्छ । हाकिमसँग राम्रो सम्बन्ध बन्नेछ। धेरै प्रशंसा र पदोन्नति हुनेछ। धन लाभ हुनेछ ।

धनु राशि

धनु राशि हुने हरुका लागि यो समय मनग्य धन ल्याउनेछ । आर्थिक स्थितिमा धेरै बल रहनेछ। वैदेशिक यात्रा हुनसक्छ । बिशे षगरी व्यवसायीहरुका लागि यो समय निकै लाभदायी साबित हुनेछ ।

मकर राशि

मकर राशिका लागि पनि यो राशि परिवर्तनको समय निकै शुभ रहनेछ । मनग्य धन लाभ हुनेछ । पेसा–व्यवसायका लागि यो समय निकै राम्रो रहनेछ । नयाँ काम पाउन सकिनेछ । पुरानो जागिरमा बढुवा–बृद्धि मिल्नेछ । साथै यो समय व्यवसायीहरूका लागि धेरै लाभदायक हुनेछ। ठूला सम्झौता हुन सक्छ ।

प्रकाशित : शुक्रबार, चैत ०४, २०७८१०:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज माता लक्ष्मीलाई प्रसन्न पार्ने परेको छ निकै विशेष दिन, यस्ता छन् उपायहरु !