हिन्दू धर्ममा हप्ताको प्रत्येक दिन कुनै न कुनै देवतालाई समर्पित गरिन्छ। त्यस्तै शुक्रबार धनकी देवी लक्ष्मीको पूजा गर्ने गरिन्छ । आजको दिन व्रत बसी लक्ष्मीको विशेष पूजा गर्नाले माता लक्ष्मी प्रसन्न मान्यता रहेको छ । शुक्रबारको दिनमा गरिने केही उपाय पनि लक्ष्मीलाई प्रसन्न बनाउन निकै प्रभावकारी हुन्छन् ।
माता लक्ष्मीको कृपा भए जीवनमा अपार सुख समृद्धि प्राप्त हुन्छ । मानिस धनी बन्छ, उसको जीवनमा कुनै कुराको कमी हुँदैन । आज शुक्रबार होलीको दिन पनि हो । तसर्थ, आज गरिएका उपायहरूले जीवनमा चाँडै परिवर्तनले लायन सक्छ । शुक्रबारको दिन गर्नुहोस् यस्ता उपाय….
धन प्राप्तिको उपाय
शुक्रबार रातो कपडामा एक अँजुली चामल राख्नुहोस् । ध्यान राख्नुहोस् कि चामल भुस हुनु हुँदैन । चामलको यो पोको हातमा लिएर ‘ओम् श्रीं श्रीये नमः’ मन्त्रको जप गर्नुहोस्। कम्तीमा ५ माला जप गर्नुहोस् । यसो गर्नाले देवी लक्ष्मी प्रसन्न भई धेरै धन प्रदान गर्छिन् ।
अखण्ड सुहागको आशीर्वाद
श्रीमानको दीर्घायु र सुस्वास्थ्यको कामना गर्न शुक्रबार माता लक्ष्मीको मन्दिरमा गएर रातो रङको वस्त्र चढाउनुहोस्। मिठाई पनि चढाउने । यसो गर्नाले माता लक्ष्मीले वैवाहिक जीवनमा आशीर्वाद दिनुहुन्छ।
भगवान विष्णुको आशीर्वाद प्राप्त गर्ने उपाय
भगवान विष्णु लक्ष्मीका पति हुन्। शुक्रबारको दिन श्री लक्ष्मी नारायणको पाठ गरी खीर चढाएमा माता लक्ष्मीको साथमा भगवान विष्णु पनि प्रसन्न भई जीवनमा धेरै प्रगति, धन प्राप्त हुने मान्यता रहेको छ ।
घरमा सदैव माता लक्ष्मीको वास होस्
यदि तपाई चाहनुहुन्छ माता लक्ष्मीले सधैँ तपाईको घरमा बास गरुन् त्यसका लागि शुक्रबार हातमा ५ वटा रातो फूल लिएर माता लक्ष्मीको ध्यान गर्नुहोस् र ती फूलहरूलाई खल्ती वा पैसाको ठाउँमा राख्नुहोस्। यस्तो उपाय गर्नाले माता लक्ष्मीको आशीर्वाद प्राप्त हुने मान्यता रहेको छ ।