केही पहिलेसम्म नेपाली चलचित्र क्षेत्रमा बलिउड फिल्मले ठूलो डर सिर्जना गरेको थियो भने पछिल्लो समय दक्षिण भारतका चलचित्रले पनि नेपाली चलचित्र क्षेत्रमा जरा गाडेको छ । अहिले नेपाली चलचित्र निर्माता दक्षिण भारतीय चलचित्रसँग भिड्न डराउन थालेका छन् । केही समय पहिले दक्षिण भारतको चलचित्र पुष्पासँग नेपाली चलचित्र ‘चपली हाइट ३’ भिड्न नसक्ने भन्दै रिलिज मिति सारेको थियो ।
त्यस्तै अहिले विक्रम डी जोशी, दीपिका प्रसाई, प्रियंका कार्की, लगायतका कलाकारको अभिनय रहेको चलचित्र ‘हेल्लो जिन्दगी’ले पनि आफ्नो रिलिज मिति सारेको छ । यस भन्दा आघि चैत ११ गते प्रदर्शन हुने भनिएको चलचित्र हेलो जिन्दगी’ ले सोही मितिमा दक्षिण भारतको चलचित्र ‘आरआरआर’ प्रदर्शनमा आउने भएपछि चलचित्र ‘हेल्लो जिन्दगी’ एक हप्ता पछि सर्दै चैत १८ गते प्रदर्शनमा आउने भएको छ ।
चैत ११ गते भने कुनै पनि नेपाली तथा विदेशी चलचित्र प्रदर्शन हुने मिति सार्वजनिक नभएको हुँदा यस मितिबाट भने चलचित्र ‘हेलो जिन्दगी’ नसर्ने निर्माण टिमले जनाएको छ । यस चलचित्रलाई निर्देशक सूर्य बोहराको लेखन तथा निर्देशन गरेका छन भने यस चलचित्र अभिनेत्री प्रियंका कार्की, विक्रम डी जोशी, दीपिका प्रसाई हाँस्य कलाकार विल्सन बिक्रम राईको अभिनय रहेको छ भने चलचित्र नेपाल सहित विदेशमा पनि छायाँकन गरिएको छ ।