बलिउड अभिनेता सैफ अली खान–अमृता सिंहकी छोरी तथा अभिनेत्री सारा अली खानलाई आज कुनै पनि पहिचानको खाँचो छैन । अभिनेत्रीले आफ्नै अभिनयको बलमा बलिउडमा फरक स्थान बनाएकी छिन् । अहिले अभिनेत्री पर्दामा जुनसुकै भूमिका पनि राम्रोसँग निभाउन सक्छिन् भन्ने प्रमाणित गरिसकेकी छिन् । यस्तो अवस्थामा साराका फ्यानहरु उनको हरेक झलकको लागि आतुर हुन्छन् ।
सारा आफ्ना फ्यानसँग जोडिन सामाजिक सञ्जालमा पनि निकै सक्रिय छिन् । हालै साराले आफ्ना केही ब्ल्या:-क एन्ड ह्वा:-इट तस्बिरहरु फ्यानहरुसँग शेयर गरेकी छिन् ।
यस क्रममा उनले हल्का मेक-अपको साथमा आफ्नो कपाल खुल्ला राखेकी छन् । साथै क्या:-मेरामा हेरेर विभिन्न पोज दिई रहेकी छिन् ।
अहिले अभिनेत्रीको यो साधारण लुक मानिसहरुले निकै रुचाएका छन् ।
अहिले अभिनेत्रीको तस्बिरमा साधारण मानिस बाहेक चर्चित स्टारहरुले पनि साराको तारिफ गर्दै धेरै कमेन्ट गरेका छन् ।
योसँगै उनका यी तस्बिरमा अहिलेसम्म लाखौँ लाइक आइसकेका छन् ।
साराको वर्कफ्र:-न्टको कुरा गर्दा उनी पछिल्लो पटक साउथका कलाकार धनुष र अक्षय कुमारसँग ‘अतरंगी रे’ मा देखिएकी थिइन् । उनी लक्ष्मण उतेकरको निर्देशनमा बन्न लागेको अनटा:-इटल फिल्ममा पनि देखिने बताइएको छ । छिट्टै घोषणा हुन सक्छ ।