दीपक राज गिरी- ‘पिर’ गीत असाध्यै राम्रो, अहिले कुन पार्टीमा केही मानिसको रजाइँ र  हरिबिजोग नभएको पार्टी छ र?

पछिल्लो समयमा कलाकार दीपक राज गिरी सामाजिक सञ्जालमा निकै सक्रिय पाउन सकिन्छ  । दीपक राजनीतिक होस् यस सामाजिक गरेका विषयमा आफ्नो धारणा राख्ने गर्दछन् ।  त्यस्तै केही दिन  पहिले  अभिनेता पल शाह प्रकरणमा पनि  उनले आफ्नो धारणा  राखेका  थिए ।  जुन सामाजिक सञ्जालमा निकै  भाइरल भएको थियो ।
त्यस्तै गत आइतबारबाट सामाजिक सञ्जालमा गायक प्रकाश सपुतको नयाँ म्युजिक  भिडियोको निकै चर्चा बढेको छ ।  मानिसहरुले गायक प्रकाशको नयाँ म्युजिक भिडियोलाई निकै रुचाएका छन् । भने अहिले केही माओवादीका नेताले उक्त्त म्युजिक भिडियोको विरोध गरिरहेका छन् ।  साथै उक्त्त भिडियोलाई हटाएर गायक प्रकाशलाई माफी मग्न भनेका छन् ।
सोमबार सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गर्दै  प्रकाशले आफ्नो म्युजिक भिडियोले कसैको पनि चरित्र हत्या नगरेको बताएका छन् ।  साथै उक्त्त भिडियो कसैसँग मेल खान गएमा क्षमा मागेका छन् ।  त्यस्तै अहिले कलाकार दीपकले पनि उक्त्त भिडियोको बारेमा आफ्नो धरान राखेका छन् ।
दीपक भन्छन् “सार्वजनिक ‘पीर’ गीत असाध्य राम्रो , मलाइ पनि मन छोयो तर  अहिले यस गीतलाई लिएर केही मानिस माओवादी पार्टीलाइ , समूह बनाएरै सराप्न थालेको देखे  तर  अहिले कुन पार्टीमा केही मानिसको रजाई र  हरिबिजोग नभएको पार्टी छ र? कुन दल का मान्छे ले हाम्रो पार्टीमा त्यस्तो छैन भनेर ठोकूवा गर्न सक्छ । उसैको बिचारबाट आएको संविधानमा टेकेर राजनीति पनि गर्ने , अनि सत्तो सराप पनि उसैलाई गर्ने ? हो गीत बन्द गर्न दबाब चाही दिनु गलत नै हो ।’
यस प्रकार छ कलाकार दीपकले सार्वजनिक गरेको पोस्ट 
पिर गीत असाध्यै राम्रो  मलाई पनि छोयो धेरैलाई छोयो … तर केहि मानिश यहि मौक़ा हो भनेर माओबादी पार्टीलाई , समूह बनाएरै सराप्न थालेको देखे, कुन चाही पार्टी मा केही मानिशको रजॉइं र केही मानिशको हरि बिजोक छैन ? कुन दल का मान्छे ले हाम्रो पार्टी मा त्यस्तो छैन भनेर ठोकूवा गर्न सक्छ ? उसैको बिचारबाट आएको संबिधानमा टेकेर राजनीति पनि गर्ने , अनि सत्त्व सराप पनि उसैलाई गर्ने ? हो गीत बन्द गर्न दबाब चाहि दिनु गलत नै हो ….
प्रकाशित : मङ्गलबार, चैत ०१, २०७८१२:०७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पल शाह प्रकरणमा अभिनेत्री आँचल- म बोलेर या मेरो अभिव्यक्तिले केही हुँदैन !