पल शाह प्रकरणमा अभिनेत्री आँचल- म बोलेर या मेरो अभिव्यक्तिले केही हुँदैन !

अहिले एक नाबालिग बलात्कार गरेको आरोपमा अभिनेता पल शाह प्रहरी हिरासतमा छन् । भने यस विषयमा अहिले विभिन्न कलाकारले सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया व्यक्त गरिरहेका छन् । केही समय पहिले निकै रुचाइएको जोडी पल शाह र आँचल शर्माको जोडीलाई चलचित्रमा निकै रुचाइएको थियो ।

त्यस्तै अहिले पल शाह प्रकरणमा अन्य कलाकारले आफ्नो प्रतिक्रिया राख्दा अभिनेत्री आँचलको यस विषयमा  कस्तो प्रतिक्रिया आउँछ भन्ने कुरामा मानिसहरु प्रतीक्षा छन् । अब भने मानिसहरुको त्यो प्रतीक्षाको समय समाप्त भएको छ । अहिले अभिनेत्री आँचलले पल शाह प्रकरणमा आफ्नो धारणा राखेका छन् ।

हालै अभिनेत्रीले एक अन्तर्वार्ता दिने  क्रममा भनिन् ‘ अदालतमा गइसकेको केस, कानुनी रुपमा मुद्दा भैसकेको केसमा म बोलेर या मेरो अभिव्यक्तिले केही हुँदैन । आदलातले निष्पक्ष फैसला दिएर निर्दोषलाई न्याय हुनुपर्छ ।  साथै पछिल्लो समयमा पल प्रकरणमा सामाजिक सञ्जालमा भएको वादविवादको विषयमा पनि आफ्नो धारण राखेकी छिन्  ।

प्रकाशित : मङ्गलबार, चैत ०१, २०७८१४:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

गैँडाकोटमा एक साताको बयानपछि अभिनेता शाहलाई फेरी तनहुँ ल्याइयो