आमिर खानले ७ महिनापछि खुलाए सम्बन्ध टुट्नुको कारण, भने- मैले आफ्नो जिम्मेवारी निभाउन सकिन!

बलिउडका परफे-क्शनिस्ट आमिर खानले आज आफ्नो जन्मदिन मनाइरहेका छन् । बलिउड अभिनेता आमिर खान आज ५७ वर्षका भएका छन् ।

बलिउड अभिनेता आमिर खानको फ्यान अहिलेको समयमा संसार भर फैलिएका छन् । अहिले सामाजिक सञ्जाल हरुमा अभिनेताका फ्याहरु उनलाई जन्मदिनको शुभकामना दिइरहेका छन् । अभिनेता आमिर खानले मिडियाकर्मीसँग केक काटेर जन्मदिन मनाएका छन् ।

आमिर बलिउडका ती सुपर स्टारमध्ये एक हुन्, जसको फिल्मसँगै लभ लाइफको पनि निकै चर्चा हुन्छ । केही महिनाअघि आमिरले आफ्नो र उनको दोस्रो श्रीमती किरण रावको सम्बन्ध विच्छेदको घोषणा गरेका थिए ।

भनिन्छ, कहिलेकाहीँ मानिसहरु करियरको उचाइ छुनमा यति व्यस्त हुन्छन् कि उनीहरु आफ्ना परिवार र सम्बन्धलाई हल्का रूपमा लिन थाल्छन् । अहिले आमिर खानलाई आफूले जीवनमा ठूलो गल्ती गरेको अनुभव भएको छ । जसको कारण उनलाई धेरै पछुतो भएको छ । जब आमिरले उनको दोस्रो श्रीमती किरणसँग सम्बन्ध विच्छेद गरेका थिए । त्यस समयमा उनको अफे-यरको चर्चा पनि निकै चलेको थियो । आमिर खानले त्यस समयमा यी सबै विषयमा बोल्नुको सट्टा चुप लागेर बस्नु नै राम्रो ठाने ।

हालैको एक अन्तर्वार्तामा आमिर खानले आफ्नो र किरण रावको सम्बन्धको बारेमा खुलेर कुरा गरेका छन् । आमिर खानले आफ्नो असफल विवाह र सन्तानको बारेमा कुरा गरेका छन् । आमिरले आफू सधैँ परिवार भन्दा आफ्नो करियरमा केन्द्रित भएको बताउँछन् ।

सम्बन्धको बारेमा थप कुरा गर्दै आमिर भन्छन्, ‘मैले आफ्नो जिम्मेवारी पूरा गर्न सकिन । तर अब म मेरो आमाबुवा, दाजुभाइ, पहिलो श्रीमती रीना, किरण, रीनाका आमा -बुवा, किरणका आमाबुवा र बच्चाहरूसँग नयाँ सुरुवात गर्नेछु। आमिरले यी सबै मानिसलाई हृदयको नजिकको कुरा भनेका छन् ।’

आमिरले दुई पटक बिहे गरेर नयाँ यात्रा सुरु गरे तर सम्बन्ध टिक्न सकेन । आमिरको पहिलो विवाह रीना दत्तसँग भएको थियो, जसबाट उनका दुई सन्तान जुनैद र आयरा खान थिए। दोस्रो विवाह किरण रावसँग भएको थियो । किरण र आमिरको छोराको नाम आजाद राव खान हो ।

प्रकाशित : सोमबार, फागुन ३०, २०७८१७:५५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

प्रभासको ‘राधेश्याम’ ले ३ दिनमै कमायो १५० करोड भारु, हिन्दी बक्स अफिसमा भने फुस्सा