प्रभासको ‘राधेश्याम’ ले ३ दिनमै कमायो १५० करोड भारु, हिन्दी बक्स अफिसमा भने फुस्सा

एजेन्सी : दक्षिण भारतीय सुपरस्टार प्रभास स्टारर फिल्म ‘राधे श्याम’ले बक्स अफिसमा राम्रो व्यापार गरिरहेको छ। फिल्मले सर्वसाधारण र समीक्षकबाट मिश्रित प्रतिक्रिया पाइरहेको छ तर यसका बाबजुद पनि फिल्मले ओपनिङ वीकेन्डमै १५१ करोड कलेक्सन गरेको छ।

यद्यपि फिल्मले हिन्दी बक्स अफिसमा खासै कमाई गर्न सकेको छैन। भारतीय ट्रेड एनालिस्ट रमेश बालाका अनुसार फिल्मले हिन्दी बक्स अफिसमा मात्र १४ करोडको व्यापार गरेको छ। रमेश बालाले ट्विट गर्दै फ्यानलाई जानकारी दिएका हुन्।

चलचित्र निर्माताले पनि फिल्मको पोस्टर शेयार्द गर्दै यो जानकारी दिएका छन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार यो फिल्मलाई कम समयमै सन् २०२२ को सबैभन्दा धेरै कमाउने फिल्म भनिएको छ। राधा कृष्णा कुमारद्वारा निर्देशित यो बहुभाषिक फिल्म सन् १९७० को युरोपको पृष्ठभूमिमा बनाईएको छ। फिल्ममा प्रभासले हातको रेखा पढेर भविष्य बताउने ज्योतिषीको भूमिका निभाएका छन्।

फिल्मको छायांकन इटली, जर्जिया र हैदराबादमा गरिएको छ। क्लासिक भिजुअल इफेक्ट र पूजा हेगडे र प्रभासजस्ता स्टार कास्टसहितको फिल्ममा धेरै मेहनत गरिएको छ। तर यसको बाबजूद ट्रेड एनालिस्ट तरण आदर्शले फिल्म निराशाजनक रहेको बताएका छन्। यद्यपि फिल्मले बक्स अफिसमा शानदार कमाई गरेको छ। फिल्ममा प्रभास र पूजाबाहेक भाग्यश्री, क्रिशम राजु, सचिन खेदकर र प्रियादर्शीको पनि भूमिका रहेको छ।

प्रकाशित : सोमबार, फागुन ३०, २०७८२०:१९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

४३ वर्षको उमेरमा पनि विद्या बालन देखिइन् यस्तो रुपमा, तस्बिरले तहल्का मच्चाउँदै !