ज्योतिष शास्त्रका अनुसार कुनै पनि ग्रहले आफ्नो छल परिवर्तन गर्दा सबै १२ राशिलाई असर गर्छ । कर्म दाता शनिदेव यही अप्रिल २९ तारिकमा कुम्भ राशिमा विराजमान हुनेछन् र जुन ५ तारिकमा पूर्वगामी अवस्थामा आउनेछन् । यस राशिमा अक्टोबर २३ तारिकसम्म शनिदेव यस अवस्थामा रहनेछन् ।
ज्योतिष शास्त्रका अनुसार शनिदेवले हरेक व्यक्तिलाई उसको कर्म अनुसार फल दिने मान्यता रहेको छ । शनिको प्रतिगामी भनेको उल्टो चालमा हिँड्नु हो। शनिदेवको प्रभावले यस अवधिमा ३ राशिको जीवनमा समस्या बढ्न सक्छ । जान्नुहोस् ती किन-कुन राशि हुन् ?
मेष राशि
मेष राशिको ११ औँ घरमा शनि विराजमान हुनेछ। यस घरलाई आयको घर पनि भनिन्छ। तसर्थ यस समयमा तपाईले आम्दानीमा उतारचढाव भोग्न सक्नुहुन्छ। व्यापारमा घाटा हुन सक्छ । यस अवधिमा पैसा लेनदेनमा सावधान रहनुहोस्। शनिको उल्टो चालको चरणमा सवारी चलाउँदा सावधान रहनुहोस्। यस समयमा शनि र हनुमान चालिसाको पाठ गर्नाले लाभ मिल्नेछ।
सिंह राशि
शनिदेव तपाईको राशिको सातौँ घरमा अर्थात् दाम्पत्य जीवन र साझेदारी भावमा विराजमान हुनेछन्। त्यसैले यस अवधिमा जीवनसाथीसँग मनमुटाब हुन सक्छ। श्रीमान्–श्रीमतीबिच कुनै कुरामा विवाद हुने सम्भावना छ । व्यापारीहरूका लागि समय अनुकूल छैन। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला । शनिबार पिपलको रुखको पूजा गर्दा लाभ मिल्नेछ ।
कर्कट राशि
कर्कट राशिको आठौँ घरमा शनिदेव विराजमान हुँदैछन्। त्यसैले यो समयमा कर्कट राशि भएका मानिसले कुनै न कुनै स्वास्थ्य समस्याले सताउन सक्छ । शनिको उल्टो चालको समयाम आर्थिक लेनदेनमा सावधान रहनुहोस्। व्यापारमा लगानी नगर्नुहोस्। शनिबार शनिदेवको मूर्तिको अगाडि तोरीको तेलको दियो बाल्दा लाभ मिल्नेछ ।