१४ मार्चबाट सूर्य देवले राशि परिवर्तन गर्दै छन् । यस दिन सूर्य मीन राशिमा प्रवेश गर्ने छन् । ज्योतिष शास्त्रमा ग्रहहरुको राशि परिवर्तनलाई निकै महत्त्वपूर्ण मानिन्छ । ग्रह परिवर्तनले सबै राशिमा प्रभाव पार्छ। सूर्यको राशि परिवर्तनका कारण कतिपय राशिको भाग्य चम्किने निश्चित छ । जान्नुहोस्, मार्च १४ बाट कुन राशिका शुभ दिनहरू सुरु हुनेछन्…
मेष राशि
काममा उत्साह रहनेछ । धार्मिक कार्यमा झुकाव बढ्नेछ। माताको सहयोग मिल्नेछ । आमा तर्फबाट धन प्राप्तिको सम्भावना छ । साथी आउन सक्छ। बौद्धिक कार्यबाट आम्दानी हुनेछ । काममा परिवर्तनको सम्भावना छ । परिवारका साथ धार्मिक स्थलको यात्रा हुन सक्छ।
कन्या राशि
व्यापार विस्तार योजना साकार हुनेछ। दाजुभाइको सहयोग मिल्नेछ तर मिहिनेत बढ्नेछ । परिवारमा शुभ कार्य हुनेछ । कपडा जस्ता उपहार पनि पाउन सकिन्छ । जागिर परिवर्तनसँगै अन्य ठाउँमा सर्नु पर्न सक्छ। आयात–निर्यात व्यापारमा लाभको अवसर मिल्नेछ । माताको सहयोग मिल्नेछ ।सवारी साधनको आनन्द बढ्न सक्छ। काममा अधिकारीको सहयोग मिल्नेछ ।
वृश्चिक राशि
यस समयमा आत्मविश्वासले भरिपूर्ण हुनुहुनेछ। पारिवारिक सुख सुविधाको विस्तार हुनेछ। कार्यस्थलमा परिवर्तनको सम्भावना छ, मेहनत धेरै हुनेछ। माताको तर्फबाट साथ र सहयोग मिल्नेछ । नाफा बढ्ने सम्भावना छ । काममा अधिकारीको सहयोग मिल्नेछ ।
धनु राशि
तपाई आत्मविश्वासले भरिपूर्ण हुनु हुनेछ। अध्ययनमा रुचि बढ्नेछ । काममा परिवर्तनको सम्भावना छ । अन्य ठाउँमा जानुपर्ने हुन सक्छ । दाजुभाइको सहयोगले अशुभ काम पनि मिल्नेछ । दाम्पत्य जीवन सुखमय रहनेछ। शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि यो समय शुभ रहनेछ। पद तथा प्रतिष्ठामा वृद्धि हुनेछ ।