अबको एक साता यी ५ राशिलाई हुनेछ अत्यन्तै शुभ, बन्नेछ हरेक काम: हुनेछन् सफल व्यक्ति !

वृष राशि 

पूर्वाद्र्ध राम्रो खालको छ । आर्थिक स्थिति सप्रिएला । गरेका काम पनि सन्तोषजनक रूपबाट सम्पन्न हुन सक्छन् । सहयोग दिने मित्रको सङ्ख्या त्यति छैन । बरु उनीहरूकै लागि खर्च गर्नु पर्नेछ । शैक्षिक क्षेत्रमा सुधार हुनेछ ।

मिथुन राशि 

पहिले भएका समस्या घटेर जानेछन् भने आर्थिक स्थिति पनि यो साता निकै सप्रन सक्छ । नयाँ काम हात पर्न सक्छ । व्यवसायबाट हाल मध्यम खाले लाभ देखिन्छ । पढाइमा कम र लेखाइमा बढी समय जाला।

कन्या राशि 

यात्राको सम्भावना छ । यो यात्रा व्यापार, व्यवसायसँग नै गाँसिएको हुनसक्छ । नातेदारबाट राम्रै सहयोग मिल्ला । आर्थिक स्थिति त्यति कमजोर छैन । यद्यपि खर्चको मात्रा भने बढी नै रहला । पढाइमा भएको बाधा क्रमशः हटेर जाने सङ्केत देखा पर्छ ।

तुला राशि 

असल काम गर्नतिर मन जाला । गरेका काम सफल हुनेछन् । मुद्दामामिलामा तपाईंकै विजय हुनेछ । यद्यपि बाधा दिनेहरूको सङ्ख्या पनि कम छैन । गणेशको आराधनाले ती कठिनाइ हटाउन सजिलो हुनेछ । नातेदारको माया पनि पाइरहनु होला ।

मीन राशि 

आजैबाट स्वास्थ्यमा सुधार होला र गरेका काम क्रमशः बनेर जानेछन् । मनमा भय रहिरहला । पढाइमा भने राम्रो प्रगति होला । आन्तरिकभन्दा बाह्य व्यापारले फाइदा दिनेछ । मित्रको सहयोग पाइरहनु होला ।

प्रकाशित : आइतबार, फागुन २९, २०७८१७:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि फागुन ३० गतेको राशिफल : सोमबार बन्नेछ बिग्रिएका काम, सावधानीपूर्वक पैसा खर्च गर्नुस् यी राशिले