भोलि फागुन ३० गतेको राशिफल : सोमबार बन्नेछ बिग्रिएका काम, सावधानीपूर्वक पैसा खर्च गर्नुस् यी राशिले

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। सोमबार वि.सं.२०७८ फागुन ३० गते आमलकी एकादशी व्रत परेको छ।

फाल्गुन ३० गतेको पञ्चाङ्ग र राशिफल : ।।। दिन –सोमबार(Monday)।।। नक्षत्र – तिष्य , २१:१८ बजे उप्रान्त अश्लेषा।।। तिथि – एकादशी , १०:५४ बजे उप्रान्त द्वादशी ।।। करण – भद्रा १०:५४ बजेदेखि वव , २३:३८ बजे उप्रान्त तैतिल ।।। योग – अतिगण्ड , २७:४१ बजे उप्रान्त सुकर्मा ।।। फागुन ३०, २०७८, सोमवार ।।। १४ मार्च, सन् २०२२  ।।। एकादशी, फाल्गुण शुक्लपक्ष ।।। चिल्लाथ्व, ११४२ ने.सं. ।।। सूर्योदय(sunrise) – ६: १७ ।।। सूर्यास्त(sunrise) – १८:११ ।।।  कार्यक्रमहरू : – आमलकी एकादशी व्रत(Amalaki Ekadashi Brata), पाई डे (Pi Day)

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

घर तथा परिवारको कार्य गर्ने समयमा तपाईले तटस्थ व्यवहार अपनाउनु पर्नेहुन्छ। केहि बोल्नुभन्दा पहिला सोचविचार गर्नुहोला। नत्र कसैसँग मनमुटाव हुनसक्छ। समय अनुसार भोजन मिल्दैन। खर्च सकेसम्म कम गर्नुहोला। आर्थिक विषयमा सावधान रहनुहोला।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

तपाई आफ्नो आर्थिक जिम्मेदारी प्रति ध्यान दिनुहुनेछ। आर्थिक लाभ होला। मनमा  उत्साह तथा विचारको स्थिरताको कारण सबै कार्य तपाई राम्रोसँग गर्नुहुनेछ। मनोरञ्जन र सौन्दर्यमा बढी खर्च हुनेछ। परिवारमा आनन्दमयी माहोल बन्नेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

तपाईको बोलि र चरित्र झुट हुन सक्छ त्यसको ध्यान दिनुहोला। स्वास्थ्य राम्रो हुदैन। खासगरि आँखामा पीडा हुनेछ। परिवारमा झगडा होला। आय कम र खर्च धेरै हुनेछ। ईश्वरको ध्यान र आध्यात्मिकताले मन शान्त हुनेछ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

तपाईको दिन लाभदायक रहेको छ। पेसा र व्यपारबाट लाभ हुन सक्ला। साथीसँग आनन्ददायक समय बित्नेछ। आकस्मिक धन लाभ हुनेछ।  आर्थिक योजना पनि  सफलतापूर्वक सम्पन्न हुनेछ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

तपाईको कार्य दृढ मनोबल र पूर्ण आत्मविश्वासको साथ सम्पन्न हुनेछ। बुबासँग सम्बन्ध प्रेमपूर्ण रहनेछ र उहाँबाट लाभ हुनेछ। जमीन, सम्पत्तिसँग सम्बन्धित कार्य गर्नको लागि दिन अनुकुल रहेको छ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

तपाईको दिन प्रतिकुलताले भरिपूर्ण रहनेछ। मन चिन्ताले निराश रहनेछ।  शारीरिकरुपले उर्जाको अभाव रहनेछ। कार्यस्थलमा सह-कर्मचारी र उच्च अधिकारीसँगको सम्बन्धमा दरार आउनेछ। सन्तानको स्वास्थ्यको विषयमा चिन्ता रहनेछ र उनीहरुसँग मतभेद हुनेछ।

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

कसैसँग वादविवाद वा झगडा नगर्नुहोला। क्रोध नियन्त्रण गर्नुहोला। बोलि र चरित्रमा ध्यान दिनुहोला।स्वास्थ्यको ध्यान राख्नुहोला। आकस्निक धन-लाभ हुनेछ। आध्यात्मिक चिन्ताद्वारा मानसिक शन्ति प्राप्त गर्न सक्नुहुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

तपाईको दिन मनोरंजनको दिन रहेको छ। साथीसँग पार्टी वा पिकनिकमा जनाको लागि दिन राम्रो रहेको छ। तपाईले वस्त्र, खाना तथा भोजनको सुख प्राप्त गर्नुहुनेछ। मान-प्रतिष्ठा वृद्दि हुनेछ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

तपाईको दिन निकै अनुकुल रहेको छ। घरको  वातावरण आनन्ददायक रहनेछ। शारीरिकरूपले स्वस्थता र मानसिकरुपले प्रफुल्लितताको अनुभव गर्नुहुनेछ। पेसा र व्यवसायिक स्थलमा वातावरण अनुकूल रहनेछ। प्रतिस्पर्धामा विजय प्राप्त हुनेछ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

शारीरिक रुपले तपाईमा आलस्य र थकानको कारण अस्वस्थता अनुभव हुनेछ। मानसिकरुपले पनि चिन्ताले सताउनेछ। व्यावसायिक क्षेत्रमा भाग्यको सहयोग मिल्ने छैन। मनमा दुविधा भएको कारण निर्णय लिन गाह्रो हुनेछ। सन्तानको स्वास्थ्य बिग्रिन सक्छ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

अधिक भावुकताको कारण मन अस्थिर रहनेछ। सामाजिक रुपले सम्मान भंग हुन सक्छ त्यसको ध्यान दिनुहोला। घर र सम्पत्तिसँग सम्बन्धित कार्य सम्हालेर गर्नुहोला। आमाको तर्फबाट लाभ हुनेछ। विद्या प्राप्तिको लागि दिन अनुकुल रहेको छ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

आवश्यक निर्णय लिनको लागि तपाईको दिन शुभ रहेको छ। सिर्जनात्मक शक्ति वृद्दि हुनेछ। विचारमा स्थिरता र मनमा दृढता रहनाले तपाईले कार्य निकै राम्रोसँग पूरा हर्न सक्नुहुनेछ। सामाजिक रुपले मान-सम्मान प्रतिष्ठा प्राप्त गर्नुहुनेछ।

प्रकाशित : आइतबार, फागुन २९, २०७८२०:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यस मितिबाट १४१ दिनसम्म कुम्भ राशिमा शनि देव उल्टो चाल चल्दै, ३ राशिको जीवनमा आउनेछ अनेक समस्या !