एजेन्सी : बलिउड अभिनेता अक्षय कुमारका हरेक वर्ष कुनै न कुनै फिल्म रिलिज भएकै हुन्छ। उनी वर्षभरी फिल्महरुकै कारण चर्चाको केन्द्रमा हुन्छन्। अक्षय प्राय: फिल्महरुको छायांकनमै व्यस्त हुन्छन्। हालै अक्षय कुमारले धेरै फिल्महरुमा काम गर्नुको कारण खुलाएका छन्।
भारतीय सञ्चारमाध्यमहरुसँगको कुराकानीको क्रममा अक्षय कुमारले आफू पैसाको लागि नभई जुनूनको लागि फिल्म गर्ने बताए। उनले भने – ‘यदि तपाईले दिनहुँ काम गर्नुभएमा तपाईसँग फिल्महरु पाइपलाइनमा हुन्छन्। म अहिले पैसाको लागि हैन जुनूनको लागि काम गर्दैछु। जुन दिन मैले बोर महसुस गर्छु त्यसदिन काम गर्न छोड्छु।’
अक्षय कुमार अहिले आफ्नो आउँदो फिल्म ‘बच्चन पाण्डे’ को कारण चर्चाको केन्द्रमा छन्। फिल्म ‘बच्चन पाण्डे’ मा अक्षय कुमार बाहेक कृति सेनन, अरशद वारसी र ज्याकलिन फर्नान्डिज मुख्य भूमिकामा छन्। यसबाहेक अक्षय राम सेतु, पृथ्वीराज र रक्षा बन्धनमा पनि देखिँदैछन्।