अभिनेता पलको बयान- जब:-र्जस्ति गरेको छैन, गुडनाइट भन्न ती गायिकाको कोठाको ढोकासम्म पुगेको थिए

काठमाडौँ- अहिले अभिनेता पल शाह एक नाबालिग बलात्कार गरेको आरोपमा प्रहरी हिरासतमा छन् । पहिलो चरणमा अभिनेता पल शाहलाई ७ दिनको म्यादमा अनुसन्धान थालिएको थियो र पछि १२ दिन म्याद थापा गरिएको थियो । अहिले अभिनेता पल शाहको विरुद्धमा जिल्ला प्रहरी कार्यालय तनहुँ र इलाका प्रहरी कार्यालय गैँडाकोट गरी दुई स्थानबाट उजुरी परेको छ ।

सुरुमा तनहुँबाट उजुरी परे पनि पछि फेरी नवलपरासीको गैँडाकोटबाट पनि उजुरी परेको थियो । अभिनेता पल शाह विरुद्ध गैँडाकोटबाट पनि उजुरी परेपछि उनलाई गत मंगलबार अनुसन्धानको लागि तनहुँबाट त्यहाँ लगिएको थियो । र अभिनेताले बुधबार नवलपरासीको कावासोतीस्थित सरकारी वकिलसमक्ष  अभिनेताले बयान दिएका थिए ।

अभिनेता  विरुद्ध पछिल्लो उजुरी अनुसार एक गीतको छायाँकनको लागि गएको समयमा गत चैत ७ गते गैँडाकोटको एक होटलमा अभिनेताले उनलाई जब-र्जस्ति करणी गरेको आरोप लगाएकी छिन्  । भने अहिले अभिनेताको बयान पनि सामाजिक सञ्जाल हरुमा सार्वजनिक भएको छ ।  भने अभिनेता पल शाहले आफूमाथि लागेको बला:-त्कारको आरोप अस्वीकार गरेका छन् । अभिनेताले भनेका छन् ‘हामी सुटिङमा क्रममा यहाँ भेटिएका थियौ  र राति सुत्ने बेला म उनलाई गुडनाइट भन्न ती गायिकाको बसेको कोठाको ढोकासम्म पुगेको थिए ।  जब-र्जस्ती गरेको होइन ।’

प्रकाशित : आइतबार, फागुन २९, २०७८१३:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘अनमोलले कहिले देखाउने प्रयत्न गरेन तर सुहानालाई भने छिन्-छिनमा गाह्रो हुन्थ्यो’