काठमाडौँ : चैत ४ गते(१८ मार्च) फाल्गुण शुक्लपक्षको पूर्णिमाको दिन बुध कुम्भ राशिमा अस्ताउँदैछ। ज्योतिषशास्त्रमा ग्रहहरूको अस्तलाई अत्यन्तै महत्त्वपूर्ण मानिन्छ। बुध ग्रह अस्ताउँदा मेष देखि मीन राशिसम्मका जातक प्रभावित हुनेछन्।
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : – मनमा उतारचढाव आउनेछ। आमाको स्वास्थ्यप्रति सचेत रहनुहोस्। बुबाको सहयोग मिल्नेछ। सन्तानको पक्षबाट शुभ समाचार मिल्नेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : – अज्ञात भयले सताउन सक्छ। धार्मिक सङ्गीतमा रुचि बढ्न सक्छ। काममा प्रगतिको बाटो खुल्नेछ। वाहन सुखमा वृद्धि हुनेछ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : – पारिवारिक जीवन सुखमय रहनेछ। सन्तानको स्वास्थ्यको ख्याल गर्नुहोला । शैक्षिक कार्यमा व्यस्त रहन सक्छ । धर्ममा श्रद्धा जाग्नेछ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : – परिवारसँग धार्मिक यात्रामा जान सकिनेछ। व्यापारमा सचेत हुनुहोस्। सन्तानको पक्षबाट शुभ समाचार मिल्नेछ ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : – मन प्रसन्न रहनेछ। कुनै राजनेतासँग भेटघाट हुनसक्छ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ। आम्दानी बढ्नेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : – आत्मविश्वासमा कमी आउनेछ। बुवाको स्वास्थ्यको ख्याल राख्नुहोस्। जागिरमा बढुवाको अवसर मिल्नेछ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : – आत्मविश्वासले परिपूर्ण रहनुहुनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। घरपरिवारको भौतिक सुखसुविधामा वृद्धि हुनेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : – मन अशान्त हुनसक्छ। जागिर परिवर्तनको अवसर मिल्न सक्छ। कुनै रमणीय स्थानमा भ्रमणको अवसर मिल्न सक्छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : – धार्मिक कार्यमा व्यस्तता बढ्नेछ। व्यापारमा सुधार आउनेछ। लाभमा वृद्धि हुनेछ। व्यापारका लागि विदेश यात्रामा जान सकिनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : – नोकरीमा कार्यस्थलमा परिवर्तनको सम्भावना छ। वरिष्ठ अधिकारीको सहयोग मिल्नेछ। वाहन सुखमा वृद्धि हुनेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : – पारिवारिक समस्याप्रति सचेत रहनुस्। जीवनसाथीको सहयोग मिल्नेछ। उच्च शिक्षाको लागि अन्य ठाउँमा जान सक्नुहुन्छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : – संयमित रहनुस्। क्रोध एवं वाद-विवादबाट टाढै रहनुहोस्। पारिवारिक जीवन कष्टकर हुन सक्छ। सम्पत्ति आम्दानीको स्रोत बन्न सक्छ।