३ दिनमा ५ राशिको भाग्यले मा;_र्नेछ फड्को, सूर्यदेवले बनाउनेछन् मालामाल

काठमाडौँ : ज्योतिष शास्त्रमा सूर्यको राशि परिवर्तनलाई एक ठूलो परिवर्तन मानिन्छ। सूर्य सफलता, सम्मान र आत्मविश्वासको कारक ग्रह हो। सूर्य शुभ भएमा व्यक्तिको जीवनमा द्रुत प्रगति हुन्छ। चैत्र १ गते(१५ मार्च  २०२२) मङ्गलबार संक्रान्तिको दिन सूर्य मीन राशिमा प्रवेश गर्नेछ। मीन राशि, सूर्यको मित्र राशि हो। अनुकूल राशि मीनमा सूर्यको गोचरले ५ राशिका व्यक्तिहरुलाई धेरै फाइदा हुनेछ। तिनले धेरै मान-सम्मान र सफलता पाउनेछन्। सूर्य एक महिनासम्म मीन राशिमै विराजमान रहनेछ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका लागि सूर्यको गोचर निकै शुभ रहनेछ। सूर्य देव वृष राशिको आय भावमा गोचर गर्दैछ। यो स्थितिले यस राशिका जातकको आयमा वृद्धि गराउनेछ। धन लाभ हुनेछ र नयाँ-नयाँ श्रोतहरुबाट धन प्राप्त हुनेछ। लगानीका लागि पनि यो समय राम्रो रहेको छ। विशेषगरी घरजग्गामा गरेको लगानी लाभदायक हुनेछ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

मिथुन राशिको करियर भावमा सूर्यको गोचर हुँदैछ। यो स्थितिले यस राशिको जातकलाई नयाँ कामको अवसर दिनेछ। बढुवा एवं तलब वृद्धिको सम्भावना पनि छ। व्यापारीहरूले नाफा कमाउनेछन् । राजनीतिमा सक्रिय व्यक्तिहरूका लागि यो समय धेरै राम्रो छ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

कर्कट राशिको भाग्य भावमा सूर्यले गोचर गर्दैछ। सूर्यको गोचरले कर्कट राशिका जातकलाई तगडा लाभ दिनेछ। नोकरी-व्यापार दुवैमा लाभ हुन् सक्छ। यो समयावधिमा पद-पैसा-प्रतिष्‍ठा तीनवटै प्राप्त हुनेछ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

वृश्चिक राशिका जातकले यो समयावधिमा चौतर्फी लाभ हासिल गर्नेछन्। करियर-कारोबारमा लाभ हुनेछ। पारिवारिक जीवन राम्रो रहनेछ। धन लाभ हुनेछ। यात्रामा जान सकिन्छ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

धनु राशिको भाग्य र धर्म भावमा सूर्यले गोचर गर्दैछ। यो गोचरले धनु राशिका जातकलाई मौद्रिक लाभ दिनेछ। हरेक काममा भाग्यले साथ दिनेछ। नयाँ घर या गाडी खरिद गर्ने अवसर प्राप्त हुनेछ। जागिरे तथा व्यवसायीले लाभ उठाउनेछन्।

प्रकाशित : शनिबार, फागुन २८, २०७८११:३५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राहुको राशि परिवर्तनले ठूलो उथल-पुथल मच्चाउँदै, चम्किनेछ ३ राशिको भाग्य !