केही दिन अघि पुत्री लाभ भएका आदित्यले सार्वजनिक गरे छोरीको तस्बिर !

एजेन्सी- भारतीय कलाकार तथा गायक आदित्य नारायणले हालै आफ्नो इन्स्टाग्राम अकाउन्टमा उनको परिवारमा एको नयाँ परिवार सदस्यको तस्बिर सार्वजनिक गरेका छन् । सार्वजनिक तस्बिरमा आदित्यले उनले आफ्नी छोरीलाई काखमा राखेको देख्न सकिन्छ ।

गायक, एं-कर तथा अभिनेता आदित्य नारायण आफ्नो व्यक्तिगत र व्यावसायिक जीवनका कारण अहिले निकै चर्चामा छन् । हाल आदित्य हालै बुवा बनेका छन् । त्यसपछि उनी आफ्नो परिवार र बच्चासँग केही समय बिताइरहेका छन् । २४ फेब्रुअरीमा आदित्यलाई पुत्री लाभ भएको थियो । अहिले आदित्यका फ्यान उनको छोरीको एक झलक पाउनको लागि निकै आतुर छन् ।

यसै क्रममा आफ्ना फ्यानहरुको यो प्रतीक्षालाई देखेर आदित्यले एउटा तस्बिर सेयर गरेका छन् । अहिले आदित्यले सार्वजनिक गरेको पोस्टमा फ्यानहरुले लगातार लाइक, कमेन्टको गरिरहेका छन् । अहिले आदित्यले सार्वजनिक गरेको तस्बिरमा फ्यानको मात्र नभई विभिन्न कलाकारको लाइक कमेन्ट आइरहेको छ ।

अहिले आदित्यले सार्वजनिक गरेको  तस्बिरमा एक लाख भन्दा  बढीले लाइक गरेका छन् ।  भने दुई हजार भन्दा बढीले कमेन्ट मार्फत  बधाई दिएका छन्  । आदित्यले सन २०२० मा विवाह गरेका थिए तर त्यसअघि दुवैले एक अर्कालाई ११ वर्ष डेट गरेका थिए ।

प्रकाशित : शुक्रबार, फागुन २७, २०७८१३:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शाहरुख खानको ‘पठान’ सँग डराए ऋतिक रोशन ? रातारात बदले ‘फाइटर’ को रिलीज डेट