चाणक्य नीति: जीवनमा ठूलो सफलता प्राप्त गर्न चाहनुहुन्छ भने अवश्य जान्नुहोस् यस्ता कुरा !

जीवनमा ठूलो सफलता प्राप्त गर्ने सपना सबैले देखेका हुन्छन् । ताकी धेरै नाम र पैसा कमाउन सकूँ । तर यो सबै प्राप्त गर्न केही विशेष चीजहरू आवश्यक छ। यी महत्त्वपूर्ण कुराहरू चाणक्य नीतिमा उल्लेख गरिएको छ।

आचार्य चाणक्यले आफ्नो नीतिमा यस्ता धेरै कुराहरुको बारेमा बताउनु भएको छ । जुन सफलता प्राप्त गर्नु निकै ठूलो काम साबित हुन सक्छ । चाणक्य नीतिले सफलता पाउनका लागि ४ कुराको ख्याल राख्नु अति आवश्यक रहेको बताएको छ । यी मध्ये कुनै पनि कुरामा कमी भएमा सफलताबाट बञ्चित हुनुहुनेछ ।

रणनीति: रणनीति सही हो भने असम्भव देखिने लक्ष्य पनि सहजै हासिल गर्न सकिन्छ। तसर्थ सफलता प्राप्त गर्न रणनीति बनाउनुहोस्, यसलाई हरेक हिसाबले परीक्षण गर्नुहोस् र त्यसपछि यसलाई वास्तविकतामा परिणत गर्न लाग्नुहोस्।

कडा परिश्रम: चाणक्य नीतिमा भनिएको छ कि सानो सफलता सजिलै प्राप्त गर्न सकिन्छ तर ठूलो सफलता प्राप्त गर्न कडा परिश्रम बिना कार्य सफल हुँदैन। जब एक व्यक्तिले आफ्नो श्रम, आफ्नो लक्ष्यको लागि समय लगाउँछ, त्यस्ता मानिसको निश्चित रूपमा सफल हुन्छ ।

समय व्यवस्थापन: समयको सदुपयोग गर्ने व्यक्तिले मात्र जीवनमा सफलता पाउन सक्छ। त्यसैले समयको सदुपयोग गर्नका लागि साथै आफ्नो लक्ष्य अनुसार कुन काममा कति समय दिनु उपयुक्त हुन्छ भन्ने निर्णय गर्नुहोस् । यदि समयको व्यावस्थापन राम्रो भयो भने मानिसले जीवनमा धरै सफलता पाउँछ ।

आफ्नो गोप्य कुरा कसैलाई नभन्नुहोस्: यदि तपाई जीवनमा ठूलो सफलता हासिल गर्न चाहनुहुन्छ भने, आफ्नो योजना गोप्य राख्नुहोस्, अन्यथा तपाईलाई घृणा गर्ने मानिसहरूले काममा बाधा पुर्‍याउन सक्छन्। त्यस कारण काम पूरा नगरेसम्म कसैलाई यसको बारेमा सकेसम्म नभन्नुहोस्। किनभने योजाना नै सफलताको नीलो छाप हो।

प्रकाशित : शुक्रबार, फागुन २७, २०७८१०:५८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२ दिनपछि बन्दै विशेष संयोग, धन प्राप्तिको गर्नुहोस् यता उपाय: हुनेछ धनको वर्षा !