२ दिनपछि बन्दै विशेष संयोग, धन प्राप्तिको गर्नुहोस् यता उपाय: हुनेछ धनको वर्षा !

हरेक हप्ता, महिना र वर्षका केही दिन यस्ता हुन्छन् जुन धर्म र ज्योतिषको दृष्टिकोणले निकै महत्वपूर्ण हुन्छन्। यी दिनहरूमा ग्रहहरूको कृपाले मानिसलाई आफ्नो जीवनबाट सबै दुःख हटाएर सुख समृद्धि ल्याउने अवसर प्राप्त हुन्छ। फाल्गुन शुक्ल पक्षमा पर्ने एकादशी पनि त्यस्तै विशेष दिन हो। यसलाई आमलकी एकादशी भनिन्छ र यस दिन भगवान विष्णुसँगै लक्ष्मीको पनि पूजा गर्नुपर्छ। यस वर्ष आमलकी एकादशी फागुन ३० गते, सोमबार छ।

मिल्नेछ खुब धन लाभ 

आमलकी एकादशीका दिन भगवान विष्णु-माता लक्ष्मी बाहेक अमलाको रूखको पूजा गरिन्छ, त्यसैले यसलाई आमलकी एकादशी भनिन्छ।यसो गर्नाले भगवान विष्णु र माता लक्ष्मी प्रसन्‍न भई सुख समृद्धि प्रदान गर्दछन्। घरमा सधैं आशीर्वाद रहन्छ। महिलाहरु यस दिन व्रत बस्ने गर्दछन्। यस दिन केही उपाय अपनाएमा देवी लक्ष्मीको कृपाले अपार धन प्राप्त हुन्छ।

आमलकी एकादशीको दिन भगवान विष्णुलाई २१ वटा ताजा पहेँलो फूलको माला चढाउनुपर्छ। पूजापछि दूधको मिठाई चढाउनुपर्छ। एसो गर्दा भगवान विष्णुजी प्रशन्न भएर हरेक काममा सफलता प्रदान गर्नुहुन्छ।

आमलकी एकादशीको दिन बिहान विधिपूर्वक लक्ष्मीको पूजा गरी एक नरिवल अर्पण गर्नुहोस्। त्यसपछि पूजा गरेपछि यो नरिवललाई पहेँलो कपडामा बाँधेर धनको स्थानमा राख्नुहोस्, केही समयमै आर्थिक अवस्था राम्रो हुन थाल्छ।

आमलकी एकादशीका दिन अमलाको रुखको पूजा गर्ने, जल चढाउने, सबै काममा सफलताको कामना गर्नुहोस्। सम्भव भएमा त्यस दिन अमला खानुहोस्, यसो गर्दा भाग्य बढ्छ।

आमलकी एकादशी विवाहित महिलाका लागि विशेष मानिन्छ। कुनै कारणले श्रीमान्–श्रीमतीबीच झगडा भएमा वा श्रीमान्लाई कुनै काममा सफलता नपाएमा यस दिन पत्नीले अमलाको रुखको पूजा गरी रुखमा सात पटक सूतीको धागो बेरेर दीप प्रज्वलन गर्छन्। यसो गर्दा उनको मनोकामना पूरा हुनेछ।

प्रकाशित : शुक्रबार, फागुन २७, २०७८१२:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शनिदेवको कृपाले ३ राशिका जातकको हट्नेछ दुख-दर्द, आउनेछन् खुशीका पल