‘लभर ब्वाय’ को छवि बनाएका प्रदीप पहिलोपटक देखिए गाउँले अवतारमा, फ्यान्सले सकेनन् चिन्न

काठमाडौँ : पछिल्लो समय नेपाली सिनेमाका युवा दर्शकमाझ लोकप्रियता कमाइरहेका अभिनेता प्रदीप खड्का बिहिबार फाल्गुन २६ गतेबाट ३१ औँ वसन्तमा प्रवेश गरेका छन्। ३० औँ वसन्त पार गरी ३१ औँ वसन्तमा प्रवेश गरेको सुखद उपलक्ष्यमा उनको फिल्म ‘प्रकाश’को प्रदर्शन मिति घोषणा गरिएको छ।

फिल्म ‘प्रकाश’ आउँदो वर्षको भदौ १० गते रिलिज हुने भएको छ। फिल्ममा प्रदीप खड्काको मुख्य भूमिका रहनेछ। फिल्मको प्रदर्शन मिति घोषणा गर्दै फिल्म निर्माण टिमले दुई मुख्य पात्रको फर्स्टलुक पोस्टर पनि सार्वजनिक गरेको छ।

डेब्यु फिल्मदेखि नै लभर ब्वायको छवि बनाएका प्रदीप यो फिल्ममा बेग्लै रुपमा देखिएका छन्। शिरमा टोपी, राष्ट्रिय प्रजातन्त्र पार्टीको ब्याग बोकेका उनी गाउँले अवतारमा देखा परेका छन्। पोस्टरमा अभिनेत्री दीया मास्के पनि आमाको भूमिकामा देखिएकी छिन्।

दिनेश राउतको निर्देशनमा बन्न लागेको यो फिल्मले गरिब परिवारको एक गाउँले युवकले सरकारी स्कूलको शिक्षक बन्न गर्नुपर्ने संघर्षलाई चित्रण गर्छ।

प्रकाशित : बिहिबार, फागुन २६, २०७८१९:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हल-हलमा रोई-कराई हिड्ने पूजा अहिले किन भइन् मौन ?