केही दिन पहलेसम्म हल-हलमा पुगेर अभिनेता पलको नाम लिएर रुने अभिनेत्री पूजा शर्मा अहिले मौन भएकी छिन् । नाबालिग गायिका बला:-त्कार गरेको आरोपमा पक्राउ परेका अभिनेता पल शाहलाई अनुसन्धानको तनहुँ प्रहरी कार्यालयबाट, नवलपरासी इलाका प्रहरी कार्यालय गैँडाकोट लगिएको थियो ।
अहिले अभिनेत्री चलचित्र प्रचारको साथै हल-हल भ्रमण गर्न देश दौडाहामा छन्। साथै अहिले चलचित्रले राम्रो व्यापार गर्न सफल पनि भएको छ । यसको साथै सामाजिक सञ्जालमा अहिले केही पत्रकार तथा कार्यक्रम सञ्चालक र चलचित्र निर्माता बिचमा मौखिक नभए पनि सामाजिक सञ्जालको मध्यमबाट चर्चा-चर्की भएको छ ।
कहिले चलचित्र ‘म यस्तो गीत गाउँछु’ निर्माता सुदर्शन थापाले सामाजिक सञ्जालमा फेसबुकमा एक पोस्ट सार्वजनिक गरेका छन् । पोस्ट सार्वजनिक गर्दै ‘रजतपट एपिसोड किन्न नमानेको नतिजा’ भन्दै एक लामो पोस्ट सार्वजनिक गरेका छन् । निर्माता सुदर्शन थापाले कार्यक्रम रजतपट कार्यक्रमले “म यस्तो गीत गाउँछु २” फिल्म हेर्नु भएकै छैन, तर षड्यन्त्र पूर्वक समीक्षा गरिदिएको आरोप लगाएका छन् ।
यसको साथै रजतपटले बिहीबारको कार्यक्रममा चलचित्रको राम्रो-नराम्रो पक्षको व्याख्या गर्न पाउनु पर्ने बताएको छ । साथै चलचित्रको राम्रो पक्षको बारेमा भन्दा खुसी हुने र नराम्रो पक्ष भन्दा साता पुस्ता सम्मलाई गालि गर्ने चलचित्र निर्माता भन्दै टिप्पणी गरेको छ ।