यस राशिमा बन्दै छ बुधादित्य योग, यी ३ राशिलाई करियर र व्यापारमा मिल्नेछ ठूलो सफलता !

वैदिक ज्योतिषमा कुनै पनि ग्रहको राशि परिवर्तनको विशेष महत्व रहेको हुन्छ । कुनै पनि एक मात्र ग्रहले राशि परिवर्तन गर्दा १२ वटै राशिलाई प्रत्यक्ष प्रभाव पार्छ। सूर्य र बुधको संयोजनले बुधादित्य योग बन्दछ । यसपटक २४ मार्चमा बुधादित्ययोग बनिरहेको छ । यस योगको प्रभावले ३ राशिका व्यक्तिहरुलाई आकस्मिक आर्थिक लाभ हुन सक्छ साथै यस अवधिमा यी ३ राशि भएका व्यक्तिको प्रतिष्ठामा वृद्धि हुनेछ।

वृष राशि

यस राशिबाट ११ औँ घरमा बुधादित्य योग बनेको छ । जसलाई आम्दानीको भाव पनि भनिन्छ । त्यसैले मेष राशिको आम्दानी बढ्न सक्छ। आम्दानीका नयाँ स्रोत सृजना हुन सक्छन् । आर्थिक स्थितिमा सुधार आउनेछ । व्यापारमा नयाँ सम्झौता हुनसक्छ, जसबाट भविष्यमा फाइदा हुनेछ। सूर्यको प्रभावले राजनीतिमा पनि सफलता मिल्नेछ ।

मिथुन राशि

बुधादित्य योगको निर्माण मिथुन राशिको लागि शुभ साबित हुनेछ । यस राशिको दशौं घरमा यो योग बनिरहेको छ । जसलाई कर्म, करियर, जागिर र व्यापारको घर पनि भनिन्छ। तसर्थ, बुध ग्रहको प्रभावले नयाँ कामको प्रस्ताव प्राप्त हुन सक्छ। जागिर खानेहरुको आम्दानीमा वृद्धि हुनसक्छ । व्यापारीहरूले नाफा कमाउन सक्छन्। मिथुन राशिका व्यक्तिहरुलाई सूर्यको प्रभावले राजनीतिमा पनि सफलता मिल्न सक्छ ।

कर्कट राशि

कर्कट राशिको नवौँ घरमा बुधादित्य योग बनिरहेको छ। जुन भाग्य र विदेश यात्राको स्थान मानिन्छ। यस अवधिमा भाग्यको पूर्ण साथ मिल्नेछ। राशि परिवर्तनको अवधिमा प्राप्त भएको जुनसुकै काम गरेमा सफलता मिल्नेछ। राजनीतिमा सक्रिय व्यक्तिहरूले ठूलो पद-स्थान पाउन सक्छन्।

प्रकाशित : बिहिबार, फागुन २६, २०७८१७:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

नववर्ष २०७९ मा ग्रहचक्रमा उथलपुथल हुने, ३ राशिका जातकलाई हुनेछ प्रशस्तै लाभ