काठमाडौँ : ज्योतिषशास्त्र अनुसार बृहस्पति ग्रहलाई देवताहरूको गुरुको रूपमा लिइन्छ। बृहस्पति अर्थात् गुरु एक धेरै शुभ र सात्विक ग्रह हो, जुन कुनै पनि व्यक्तिको सकारात्मक व्यवहार र जीवनशैलीसँग सम्बन्धित छ। ज्योतिष सिद्धान्तका अनुसार जसको कुण्डलीमा बृहस्पतिको स्थान शुभ हुन्छ, उनीहरुको चरित्र सफा र सकारात्मक व्यवहार हुन्छ जसले कसैलाई कहिल्यै नराम्रो गर्दैन।
ज्योतिषशास्त्रका अनुसार बृहस्पति ग्रहलाई व्यक्तिको जीवनमा शिक्षा, धन, विवाह, सन्तान, भाग्य र भक्तिको कारक मानिन्छ। कुण्डलीमा गुरु शुभ छ भने उक्त व्यक्तिको जीवनमा इज्जत, प्रतिष्ठा र उच्च स्थान प्राप्त हुन्छ। चैत्र ३० गते २०७८ मा, बृहस्पति ग्रह १८ महिना पूरा गरेर कुम्भ राशिबाट मीन राशिमा प्रवेश गर्दैछ। बृहस्पति चैत्र ३० गते बिहान ११:३८ बजे आफ्नै राशि मीन राशिमा प्रवेश गर्नेछ। विज्ञहरुका अनुसार स्वराशीमा बृहस्पति ग्रहको आगमनले ३ राशिको जीवनमा राजयोग बनाउँदैछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
वृष राशिका व्यक्तिहरुका लागि करियरको हिसाबले यो समय निकै लाभदायक साबित हुन सक्छ। यदि तपाईं जागिर परिवर्तन गर्ने प्रयास गर्दै हुनुहुन्छ भने पनि तपाईंलाई त्यसमा सफलता मिल्न सक्छ। समाजमा मान सम्मान मिल्नेछ, केही शुभ समाचार पनि पर्खिरहेका छन्। यस अवधिमा कार्यक्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सिंह राशिका व्यक्तिहरू जसले साझेदारी व्यवसाय गरिरहेका छन् उनीहरूले यस अवधिमा ठूलो लाभ लिन सक्छन्। तपाईंको आर्थिक अवस्था पहिले भन्दा राम्रो हुनेछ। स्वास्थ्य राम्रो रहनेछ। करियरमा फाइदा उठाउन सकिनेछ, यस अवधिमा धन आर्जनमा पनि विशेष सफलता मिल्नेछ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
वृश्चिक राशि हुनेहरुका लागि बृहस्पतिको गोचर विशेष फलदायी रहनेछ। बृहस्पतिको कृपाले यस अवधिमा तपाईंको आर्थिक अवस्था राम्रो रहनेछ, यो समय लगानीका लागि पनि राम्रो रहनेछ। यदि तपाईं विदेशमा पढ्न वा जागिरको लागि जाने सोचमा हुनुहुन्छ भने त्यसको लागि पनि समय राम्रो छ, प्रयास गरिरहनुहोस्।