निदेवको नराम्रो दृष्टि नपरोस् भन्ने हरेक मानिसको चाहना हुन्छ। किनकी शनिको नराम्रो नजर पर्ने मानिसहरुको जीवन समस्याले भरिपूर्ण हुन्छ। साथै, जसमाथि शनिको शुभ दृष्टि हुन्छ, उक्त मानिसलाई सफलता प्राप्त गर्नबाट कसैले रोक्न सक्दैन। त्यस्ता व्यक्तिहरूले जीवनमा धेरै प्रगति गर्छन्। प्रत्येक व्यक्तिले आफ्नो जीवनमा कुनै न कुनै समयमा शनिको महादशाको सामना गर्नुपर्ने हुन्छ। कसैका लागि यो दशा शुभ र कसैका लागि कष्टप्रद साबित हुन्छ। आज यहाँ हामी यस वर्ष शनिको कुन राशिमा अशुभ नजर रहनेछ भन्ने बारेमा बताउँछौं….
२०२२ मा शनिको दुष्ट नजर यी राशिमा
यो वर्ष मिथुन, तुला, कर्कट र वृश्चिक राशिमा शनिको ढैय्या (छायाँ) रहनेछ। त्यस्तै, अर्कोतर्फ, मकर, कुम्भ, धनु र मीनमा शनिको साढे सातीको दशा रहन्छ।
जान्नुहोस् यसबारे पूरा विवरण
२०२२ को प्रारम्भदेखि अप्रिल २९, २०२२ सम्म मिथुन र तुला राशिमा शनिको छायाँ रहनेछ भने मकर, धनु र कुम्भ राशिका मानिसमा शनिको साढे साती रहनेछ।
अप्रिल २९, २०२२ देखि १२ जुलाई, २०२२ सम्म कर्कट र वृश्चिक राशिका मानिसहरूलाई शनिको ढैय्याले प्रभाव पार्नेछ, जबकि मकर, कुम्भ र मीन राशिकाहरूलाई साढे सातीले सताउनेछ।
जुलाई १२, २०२२ देखि २०२२ को अन्त्यसम्म, मिथुन र तुला राशिका मानिसमा शनिको ढैय्या रहनेछ, जबकि धनु, मकर र कुम्भ राशिमा साढे साती रहनेछ।
२०२२ मा शनिले कहिले राशि परिवर्तन गर्नेछ?
२०२२ मा, शनि २९ अप्रिलमा मकर राशिबाट कुम्भ राशिमा प्रवेश गर्नेछ। यसपछि ५ जुनबाट प्रतिगामी चाल सुरु भई अक्टोबर २३ सम्म प्रतिगामी अवस्था मै रहनेछ। यस बीचमा, शनिले आफ्नो पुरानो राशि मकर राशिमा फेरी परागमन सुरु गर्नेछ। जुलाई १२ मा शनि कुम्भ राशिबाट मकर राशिमा सर्नेछ, जहाँ यो १७ जनवरी २०२३ सम्म रहनेछ।