हिन्दू धर्ममा होलाष्टकको समयमा धेरै शुभ र मांगलिक कार्य गर्न वर्जित मानिन्छ। यो वर्षको होलाष्टकको अवधि भोलि फागुन २६ गते देखि चैत्र ४ गते सम्म हुनेछ। यो अशुभ समय हो जब धेरै शुभ कार्य गर्न निषेध गरिएको छ। यस अवधिमा गरिने शुभ कार्यले पूर्ण फल नदिने बताइन्छ। विज्ञहरुका अनुसार यस अवधिमा भगवानको पूजा यथासम्भव गर्नुपर्छ। पञ्चाङका अनुसार प्रत्येक वर्ष फाल्गुन शुक्ल पक्षको अष्टमी तिथिबाट होलाष्टक सुरु हुन्छ। जान्नुहोस् यो समयमा के के कुरामा ध्यान दिनुपर्छ।
होलाष्टकमा के गर्न हुँदैन ?
धार्मिक मान्यता अनुसार यी ८ दिनमा विवाह, मुण्डन, गृहप्रवेश, घर-वाहन किनमेल आदि कार्य गर्नु हुँदैन। यस समयमा घर, सवारी साधन, घर, कपडा, फर्निचर, गहना आदि खरिद गर्नु शुभ हुँदैन। यस अवधिमा नयाँ काम सुरु गर्नु हुँदैन। लगानी गर्नबाट बच्नुपर्छ। भनिन्छ नवविवाहित महिलाले पतिको घरको पहिलो होली हेर्नु हुँदैन। यस अवधिमा अदालती मुद्दाहरूबाट दूरी कायम गर्नुपर्छ।
होलाष्टक के हो ?
पौराणिक कालमा राजा हिरण्यकश्यपुले आफ्ना छोरा र भगवान विष्णुका भक्त प्रह्लादको ज्यान लिनका लागि यी ८ दिनमा अनेक किसिमका यातना दिएका थिए। आठौं दिनमा राजा हिरण्यकशिपुले आफ्नी बहिनी होलिकासँग मिलेर प्रह्लादलाई आगोमा जलाउने षड्यन्त्र रचे, जसमा प्रह्लाद बाँचे तर होलिकाको चाहिँ मृ-त्यु भयो। त्यसैले यी ८ दिनमा कुनै पनि शुभ कार्य नगर्नु उचित रहँदैन।
यस्तो छ ज्योतिषीय कारण
ज्योतिषीहरुका अनुसार होलाष्टकको समयमा वातावरणमा नकारात्मक प्रभाव पर्ने गर्दछ। यी ८ दिनमा सबै ग्रहको प्रभाव नकारात्मक हुन्छ। अष्टमीमा चन्द्रमा, नवमीमा सूर्य, दशमीमा शनि, एकादशीमा शुक्र, द्वादशीमा बृहस्पति, त्रयोदशीमा बुध, चतुर्दशीमा मंगल र पूर्णिमामा राहु नकारात्मक रहने विश्वास रहेको छ। ग्रहको नकारात्मक प्रभावले यस अवधिमा मानिसको काम बिग्रने सम्भावना रहन्छ।