थापा दम्पतीले प्रहरीलाई पीडित भनिएकी बालिका र पल त्यस रात एउटै कोठामा बसेको बयान…..

काठमाडौँ- करिब एक साता देखि बालिका करणीको अभियोगमा प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहमाथि अहिले विभिन्न विषयमा अनुसन्धान भइरहेको छ । सूचना अनुसार अहिले अभिनेतालाई जिल्ला प्रहरी कार्यालय तनहुँले बयान लिएको छ र घटनासँग सम्बन्धित व्यक्तिहरुसँग बयान लिने प्रक्रिया अघि बढेको छ ।

पीडित बालिका बला-त्कार भएको भनिएको शुक्लागण्डकी नगरपालिका ९ दुलेगौडा- तनहुँ स्थित प्रदीप थापाको घर अनुसन्धानको गरिएको छ , साथै थापाको परिवारले प्रहरिलाई बयान दिएको छ । अहिले थापा दम्पत्तिले प्रहरीलाई दिएको बयान अनुसार पिडित भनिएकी बालिका र नायक पल शाह त्यस दिन राति एउटै कोठामा बसेको बताएका छन् ।

गत वर्ष वैशाख २०७८ वैशाख १४ गते राति पल र बालिका एउटै कोठामा बसेको र उनीहरु सँगै आएका अर्का व्यक्ति कमल खत्री छुट्टै कोठामा बसेको थापा दम्पतीले  बयान दिएको बाताइएको छ । पीडित बालिकाले प्रहरीमा दिएको जाहेरीमा उक्त दिन अभिनेता पल रक्सी सेवन गरी राति ११ बजेको समयमा कोठा खोल्न लगाई जर्बल-जस्ती करणी गरेको आरोप छ । तर अभिनेताले यस आरोपलाई अहिलेसम्म अस्वीकार गरेका छन् ।

प्रकाशित : सोमबार, फागुन २३, २०७८११:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हेर्ने डरलाग्दो यशकी श्रीमती छिन् असाध्यै राम्री, हेर्नुस् तस्बिर