साप्ताहिक राशिफल : ज्योतिषीय दृष्टिले सरसर्ती हेर्दा यी राशिलाई शुभ छैन यो साता, आँटेका काम बन्नेछैन्

फाल्गुन २१ गतेदेखि फाल्गुन २७ गतेसम्मको साप्ताहिक राशिफल : • ज्योतिषाचार्य दामोदरनाथ लोहनी, • साताका चाड : – २४ गते नारी दिवस ।।। २६ गते अष्टमी व्रत, होलिकारम्भ ।।।

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

साताको सुरुमा प्रशस्त परिश्रम गर्नुपर्नेछ । त्यसपछिका दिन राम्रा छन् । काम गर्ने जाँगर निकै बढ्ला । आय पनि मनग्गै हुनेछ । विशेषगरी व्यवसायको क्षेत्रमा सफल देखिन्छ । मित्रबाट भने त्यति ठूलो सहयोग मिल्लाजस्तो छैन । भगवतीको सेवाले बाधा हट्नेछन् ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

ुरुको दिनमा काम बन्नेछन् तर आइतबार र सोमबार भने खर्च मात्रै बढ्ने देखिन्छ । भोजभतेर प्रशस्त पर्न सक्छन् । नातेदारसँगसमेत भेटघाट होला तर विशेष उपलब्धि भने हुने छैन । पारिवारिक समस्या समाधानको बाटोतिर जाला ।

• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

पूर्वाद्र्ध राम्रो खालको छ । पहिले आएको अपजसको धब्बा पनि बिस्तारै हटेर जाला । बौद्धिकस्तरमा केही सुधार नै होलाजस्तो छ । सानोतिनो चोटपटक लाग्ने सम्भावना बढी छ भने बाधा दिने तìव पनि निकै नै हुनेछन् ।

• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

सातालाई राम्रो रूपमा लिन सकिन्छ । असल काम गर्नतिर मनको प्रवृित्त जाला । गरेका काम पनि बन्ने छन् । स्वास्थ्यको स्थिति मध्यम छ । परिवारबाट त्यति ठूलो सहयोग मिल्ने छैन । बरु परिवारकै स्वास्थ्यका लागि खर्च गरिरहनु पर्ला । सप्ताहान्तमा बेकारको भ्रमण हुनसक्छ ।

• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

शनिबार ठूलो रकमको लेनदेन नगर्नुहोस्, धोका हुन सक्छ । आइतबारदेखिका दिन भने राम्रा खालका छन् । यात्रा हुने सम्भावना प्रबल छ । यात्राबाट फाइदा पनि लिन सक्नुहुनेछ । नेतृत्व शक्ति विकसित नै भएर आएको छ ।

• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –

आइतबार र सोमबार केही दिक्दारी बढ्ने खबर सुन्नु परे पनि बाँकी दिन राम्रा छन् । सोचेको भन्दा बढी नै लाभ प्राप्त गर्नुहुनेछ । व्यावसायिक काममा भन्दा प्राविधिक खाले काममा बढी लाभ हुनेछ । मित्र सहयोग प्रशस्त मिल्ला । स्वास्थ्यको स्थिति राम्रो छ

• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

साता त्यति राम्रो छैन । बेकारको विवाद पर्नुका साथै मन मिलेका साथीसमेत टाढा हुनसक्छन् । साताको मध्य भागमा सोच्दै नसोचेको समस्या आउन सक्छ । त्यसैले मङ्गलबारको दिन बिहानै गणेश र शिवजीको दर्शन गर्नुहोस् ।

• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –

आधा काम बन्नेछन् भने आधा बाँकी नै रहनेछन् । सरसर्ती कुनै काम पनि बन्ने छैन । मेहनत प्रशस्त गर्नुपर्नेछ । प्रतिष्ठाको वृद्धि हुनेभन्दा त्यसलाई ह्रास गराउने बढी छन् तर साहसको मात्रा भने घट्ने छैन । पढाइ र लेखाइमा बिस्तारै प्रगति आउन थालेको छ ।

• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

स्वास्थ्यसम्बन्धी समस्या देखिन्छ । रुघाखोकी र पेटसम्बन्धी रोगले दुःख देला । व्यस्तता नघटे पनि त्यसबाट खास लाभ लिन सक्नुहुने छैन । मित्रको सहयोग घट्ने देखिन्न । पढाइमा भने वर्तमान समय त्यति परिमार्जित खालको छैन ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

शनिबारको दिन निकै उत्साहसाथ काम गर्नुहुनेछ । आइतबार र सोमबार भने स्वास्थ्य बिग्रेर यो उत्साहमा विराम चिह्न लाग्ला । मङ्गलबारको दिन मध्यम खालको छ । बुधबारदेखि भने निकै काम बन्नेछन् । विशेषगरी व्यवसायको क्षेत्रमा प्रगति नै देखा पर्छ ।

• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

मनमा अलिअलि डर लागे पनि बिग्रने खालको समय छैन । खर्च त भई नै रहला तर त्यसले केही महìवपूर्ण उपलब्धि पनि दिन सक्नेछ । व्यापार, व्यवसायबाट सामान्य मात्र लाभ होला । पढाइमा अलिअलि गति आउन थालेको छ । लेखाइमा भने निकै सुदृढता देखा पर्छ ।

• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

सातालाई राम्रो रूपमा लिन सकिन्छ । सुरुकै दिनमा मन मिलेका साथीसँग भेटघाट हुनुका साथै केही गतिला कामसमेत बन्नेछन् । आइतबारदेखि आर्थिक स्थिति बलियो हुँदै जाला । यद्यपि खर्चको मात्रा भने घट्ने देखिन्न । पारिवारिक बोझ बिस्तारै घटेर जाने स्थिति छ ।

प्रकाशित : शनिबार, फागुन २१, २०७८१४:०६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सुरु भए ५ राशिका सुनौला दिनहरु, हुनेछ लाभै-लाभ