सुरु भए ५ राशिका सुनौला दिनहरु, हुनेछ लाभै-लाभ

काठमाडौँ : ज्योतिष शास्त्रमा बुद्धि, तर्क, संवाद, व्यापारको कारक ग्रह मानिने बुध ग्रहले मार्च ६, २०२२ मा राशि परिवर्तन गरेको छ। बुध ग्रह कुम्भ राशिमा प्रवेश गरेको छ, जसले ५ राशिका व्यक्तिहरूलाई ठूलो लाभ दिनेछ। यी व्यक्तिहरुलाई बुधको कृपाले मनग्य धन लाभ हुनुका साथै करियरमा सफलता मिल्नेछ।

मेष राशि

मेष राशिका व्यक्तिले मनग्य धन प्राप्त गर्नेछन्। आर्थिक अवस्था बलियो रहनेछ। व्यापार व्यवसायमा नाफा बढ्नेछ। साहस र पराक्रम बढ्नेछ। मान सम्मान मिल्नेछ। हरेक काममा भाग्यले साथ दिनेछ। यो समय काम र व्यापार दुवैको दृष्टिले निकै शुभ रहेको छ। पारिवारिक जीवन सुखमय रहनेछ।

मिथुन राशि

मिथुन राशिका लागि बुधको गोचरले नोकरी-व्यवसायमा प्रशस्त लाभ दिनेछ। मान-सम्मान तथा पद-प्रतिष्ठा बढ्नेछ। दाम्पत्य जीवन राम्रो रहनेछ। यस समयमा गरेको कामबाट विशेष सफलता मिल्नेछ। नयाँ कामको प्रस्ताव प्राप्त हुनेछ। जो मानिसहरु नयाँ कामको थालनी गर्न खोजिरहेका छन्, उनीहरुका लागि यो समय राम्रो रहेको छ।

वृश्चिक राशि

वृश्चिक राशिका व्यक्तिहरूलाई आफ्नो करियरमा धेरै फाइदा हुनेछ। बेरोजगार र नयाँ काम खोज्नेहरूको प्रतीक्षा समाप्त हुनेछ। आत्मविश्वास बढ्नेछ। आकस्मिक धन लाभ मिल्ने सम्भावना रहेको छ। लगानी गर्नको लागि समय राम्रो छ।

धनु राशि

धनु राशिका लागि यो समय लाभदायक रहनेछ। धन आर्जनका नयाँ उपायहरु आउनेछन्। आम्दानी बढ्नेछ। करियरमा प्रगति र सम्मान मिल्नेछ। यो समय तपाईंको धेरै रोकिएको काम बन्न सक्छ।

मीन राशि

मीन राशिका लागि यो समय वरदान साबित हुनेछ। नोकरीमा बढुवा, तलब वृद्धि वा कुनै ठूलो उपलब्धि हुने सम्भावना छ। पारिवारिक जीवन राम्रो रहनेछ। आर्थिक अवस्था बलियो रहनेछ।

प्रकाशित : आइतबार, फागुन २२, २०७८११:१६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राहु-केतु एक साथमा उल्टो चाल चल्दै, यी ५ राशिको जीवन आउन सक्छ अनेक वाधा !