गायक आदित्य नारायण बने बाबु, विवाहको तस्बिर सार्वजनिक गर्दै दिए यस्तो सन्देश !

भारतका चर्चित गायक तथा प्रस्तोता आदित्य नारायणले अहिले एक खुसीको खबर दिएका छन् । वास्तवमा अभिनेता बुवा बनेका छन् । यो खुसीको खबर आदित्य आफैँले आफ्ना फ्यानसँग सामाजिक सञ्जालमा सेयर गरेका छन् ।

भारतीय चलचित्र क्षेत्रका चर्चित गायक, अभिनेता तथा होस्ट आदित्य नारायण बाबु बनेका छन् । उनको घरमा खुसीले भरिएको छ । आदित्यकी पत्नी तथा अभिनेत्री श्वेता अग्रवालले छोरीलाई जन्म दिएकी छन् । यो जानकारी आदित्य आफैँले आफ्ना सबै फ्यानलाई दिएका छन् । साथ-साथै आदित्यको परिवारमा पनि खुसीको वातावरण देखिएको छ ।

वास्तवमा आदित्यको श्रीमती श्वेताले २४ फेब्रुअरीमा छोरीलाई जन्म दिएकी थिइन् । तर आदित्यले अहिले फ्यानहरुलाई बुवा बनेको जानकारी दिएका छन् । अहिले आदित्यले आफ्नो विवाहको तस्बिर इन्स्टाग्राममा सेयर गरेका छन् । जसमा उनी मण्डपमा बसेर श्वेताको सिउँदोमा सिन्दुर भरेको देखिएको छ । यससँगै उनले लेखेका छन्, ‘मलाई यो खुसीको खबर बाँड्दा धेरै खुसी लागेको छ कि भगवानले २४ फेब्रुअरी सन् २०२२ मा हामीलाई एउटी सुन्दर छोरीको आशीर्वाद दिनुभएको छ।’

अहिले आदित्यले सार्वजनिक गरेको यो पोस्ट सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । साथै अहिले आदित्यका फ्यानले उनलाई कमेन्ट मार्फत बधाई दिएका छन् ।

प्रकाशित : शुक्रबार, फागुन २०, २०७८१७:२४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

पल शाह प्रकरण: दीपकले लेखे गायिका समीक्षालाई पहिलो पटक भेटे देखि अहिले सम्मको घटना क्रम