पल शाह प्रकरण: दीपकले लेखे गायिका समीक्षालाई पहिलो पटक भेटे देखि अहिले सम्मको घटना क्रम

काठमाडौँ- अहिलेको कलाकार कलाकार दीपक राज गिरीले भावुक हुँदै सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गरेका छन् । उक्त पोस्टमा कलाकार दीपकले गायिका समीक्षालाई पहिलो पटक भेट्दा देखि अहिलेसम्मको गायीकाको यात्राको बारेमा लेखेका छन् । जहाँ उनले चलचित्र ‘छक्का पन्जा ३’ को छायाँकनको क्रममा उनलाई भेटेको देखि अहिले सम्मको उल्लेख गरेका छन् ।

कलाकार दीपक सामाजिक सञ्जालमा राजनीतिक होस् या अन्य कुनै विषयमा आफ्नो धरान राख्ने गर्दछन् । अहिलेको समयमा सामाजिक सञ्जालमा राजनीतिक भन्दा नायक पल शाह र गायिका समीक्षाको विषयले निकै चर्चा पाएको छ ।

यस प्रकार छ कलाकार दीपकले सार्वजनिक गरेको पोस्ट

आज म लेख्दैछू …..
“ छक्का पन्जा र समिक्षा”
पछिल्लो घटना क्रम ले समाज नै तरंगित बनेको छ !
केश अदालत मा पुगि सकेको ले मैले यस्को बारेमा बोल्नु हुदैन…. म यॉहा केबल समिक्षा जस्ले छक्का पन्जा बाट यो रंगिन दुनियॉमा कदम राखिन त्यो बारेमा केहि शेयर गर्न चाहन्छू…. जब हामि छक्का पन्जा ३ को सुटिगं गर्न ला चौक पोखरामा पुग्यौ , हामिलाइ स्कूले बिद्यार्थी को अभिनय गर्ने कलाकार चाहियो ,त्यो बेला त्यॉहा हेड मास्टर ले सहयोग गर्नु भो , ८,१० जना बिद्यार्थी हरू छनौट भए त्यस मध्य एक थिइन समिक्षा… गोरी, राम्री, लजालू स्वभाब भएकि.. दिएको संबाद राम्रो संग बोल्ने गर्थिन, बेला बेलामा उनले गुनगुनाएको कर्णप्रिय स्वर ले हामि सबैलाइ तान्थ्यो,
छायॉकार मित्र पुरुषोत्तम प्रधान ले मोबाइल मा रेकर्ड गरेर त्यो आबाज लिएर आए, त्यहि रेकर्ड गरिएको आवाज नै समिक्षा लाइ देशको राजधानी काठमाण्डू मा स्थापित हुने मार्ग बन्न पुग्यो !
सुटिगं का क्रममा मैले उन्को धेरै पल्ट तारिफ गर्दा हेड माष्टर तथा अन्य सरहरू पनि ,यो नानी सारै मीठो गॉउछे, हामिलाइ यिनि प्रति धेरै बिश्वास छ
एकदिन राम्रो गायीका बन्ने छिन् र समग्र गॉउको र स्कूलको नाम चम्काउने छिन भनेर तारिफ गर्नु हुन्थ्यो… भयो पनि त्यस्तै, छोटो समयमा नै उनिले लोभ लाग्दो प्रगती गरिन पनि , त्यस पछि उनि संग मेरो भेंट कहिल्यै भएन , टेलिभिजन र टिकटक हरू देख्थे खुशि लाग्थ्यो …वरू वेला वेला हेडमास्टर ले फोन गरेर “हाम्रो चेलि ले सॉच्चै राम्रो गरेकि छे दिपकजी!तपाइहरू सुटिगं मा आएको त उस्को लागि भाग्यको ढोका खोल्न रहेछ “ यति सुनिरहदॉ म पनि घमन्डले धेरै पल्ट गचक्क परेको छू …तर त्यो मेरो घमन्ड धेरै दिन टिकेन , आजको दिन देख्नु पर्यो , सामाजिक संजालमा उनि माथि बर्सिएको गालि सुन्नु पर्यो ,अब म दुबिधामा परे के गरौ ?

कक्षा छ मा पढिरहेकि एक बालिका लाइ माइकमा गीत गाउन, कस्ले सिकायो? हामिले  मिडिया सामू बोल्न ,कार्यक्रम मा कति पारिश्रमिक माग्ने , को संग कसरी प्रस्तुत हुने यो सबै कस्ले सिकायो ? मेरै क्षेत्र ले सिकाएको हो , हामिले नै सिकाएको हो यस्मा प्रसस्तै गौरब छ ! एउटा सामान्य बालिका लाइ प्रोफ़ेसनल कलाकार जस्तै बनाएर रातारात चर्चित बनाउने हामि सबैलाइ एकमुष्ट बधाइ र धन्यबाद छ।

तर मिडिया मा आए झै (boy friend) हरू राख्ने , सम्बन्ध बनाउने, षड्यंत्र नै गर्ने ,नावालिक भएर पनि यस्तो गर्ने , त्य्सतो गर्ने ,यो चाहि उन्ले गॉउ बाटै सिकेर आएकि थिइन कि कसो? यस्को जिम्मा चाहि हामिले लिने कि नलिने ? यो बालिका लाइ हामिले यहाँ पुर्यायौ भनेर गर्व चाहि गर्ने , तर उक्त बालिका ले सिकेको नराम्रो बानि को ठेक्का चाहि लिने कि नलिने?  उन्को boy friend हरू भनेको स्कूल पढ्दा
देखिका का हुन् कि यहि क्षेत्रमा  आएपछि बनेका हुन्? छोरो ले फष्ट आउदा मेरो छोरो,  छोरोले अरूका छोरा भकुरेर आउदॉ चाहि
“ ए तेरो छोरो ले हेर के गर्यौ ?

उनि आज जे बनिन त्यसमा हाम्रो सहयोग थियो भने उन्ले आज जे भोगि रहेकि छिन त्यसमा पनि हाम्रो क्षेत्र , हाम्रै संगत, हाम्रै बाताबरणको दोष छ कि छैन ? मलाइ यहाँ यो दोषि र यो निर्दोषि भनेर फैसला गर्नु छैन ! त्यो काम मेरो हूदै होइन  मेरो चाहना समिक्षालाइ सराप्न बन्द गरौ भन्ने मात्रै हो ….म समिक्षाको प्रगती मा गर्व गर्छू भने उनले भोगिरहेको आजको नियती मा आफूलाई पनि दोषि देखिरहेको छू।
यति भनिरहदॉ मैले पनि गालि खानु पर्नेछ
अब गालि त बानि जस्तै भैसक्यो ….
जय नेपाल !

प्रकाशित : शुक्रबार, फागुन २०, २०७८१८:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी ५ राशिको जीवनमा खुशी लिएर आउँदै छन् सूर्य देव, सूर्य राशि परिवर्तनले छिट्टै मिल्ने अथाह धन !