काठमाडौँ- अहिले अभिनेत्री पूजा शर्मा चलचित्र ‘म यस्तो गीत गाउँछु २’ प्रचार गर्ने क्रममा छिन् । गत शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘ म यस्तो गीत गाउँछु’ ले अहिले राम्रै प्रदर्शन गरेको छ । यस चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको मुख्य भूमिकामा देखिएका छन् । अहिले लामो समय पछि यस नेपाली चलचित्रले दर्शक हलसम्म ल्याएको छ ।
अहिले यस चलचित्रका आभिनेता पल शाह जब-:र्जस्ति करणी गरेको आरोपमा हिरासतमा छन् । त्यस्तै अहिले चलचित्रले राम्रो व्यापार गर्न सफल भए पनि अहिले अभिनेत्री पूजाको केही व्यवहार र भनाइले फिल्म निर्माण टिमलाई नै लज्जित बनाएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोहरुमा देख्न सकिन्छ अभिनेत्री मानिसहरुको बिचमा अनेक भनाइ राख्दै रुदै गरेको देख्न सकिन्छ । जसले चलचित्र हेर्ने आउने दर्शकलाई इमो:-सनल ब्ल्या:-कमेल मेल गरेको जस्तो देख्न सकिन्छ ।
अभिनेत्रीले एक अन्तर्वार्तामा यतिसम्म भनेकी छिन् की उनलाई बला-त्कारको अर्थ थाहा छैन। साथै उनले भनिन् की ‘के पलले समीक्षाको लुगा च्यातेर जब:-र्जस्ति गर्न गएको हो र’ भने छिन् साथै यति मात्र नभई बलात्कृत भनिएकी युवतीले ‘आफ्नो उमेर सानो छ भनेर पहिले नै सोच्नु पर्ने थियो’ समेत भनेकी छिन् ।
बुधबार अभिनेत्री पूजा नाबालिकालाई बला:-त्कार गरेको आरोप लागेका अभिनेता पल शाहलाई भेट्न भनेर एक हुल मानिस सहित जिल्ला प्रहरी कार्यालय तनहु पुगेकी थिइन् । त्यस समयमा अभिनेत्रीले पललाई भेटिन् तर त्यही समयमा प्रहरी कार्यालय बाहीर रहेकी पिडित बालिकाको बाबुलाई वास्ता समेत गरिनन् ।