एजेन्सी : बलिउड अभिनेता ऋतिक रोशन र उनकी पत्नी सुजैन खान वर्षौँ अघि अलग भएका हुन्। यद्यपि दुवैबीच अहिलेपनि राम्रो सम्बन्ध कायम छ र आफ्ना बच्चाको हेरचाह गरिरहेका छन्। यसैबीच ऋतिक रोशन र सबा आजाद सार्वजनिक स्थलमा सँगै देखिएपछि यी दुईको सम्बन्धले खुबै चर्चा पाईरहेको छ। मिडिया रिपोर्ट्स अनुसार ऋतिक रोशन र सबा आजादको भेट तीन महिना अघि ट्वीटरमा भएको थियो। त्यसपछि बिस्तारै सम्बन्ध अगाडी बढिरहेको छ।
भारतीय सञ्चारमाध्यमहरुका अनुसार ऋतिक रोशन सबा आजादको बारेमा गम्भीर छन्। यहीँकारण उनले सबा आजादलाई आफ्नो परिवारसँग परिचय गराए। ऋतिक रोशनको परिवारसँगको सबाको तस्विर भाइरल भएको थियो। भारतीय सञ्चारमाध्यमहरुमा प्रकाशित खबरहरुअनुसार ऋतिक रोशन छिट्टै सबा आजादसँग वैवाहिक बन्धनमा बाँधिने तयारीमा छन्।
भारतीय सञ्चारमाध्यमले ऋतिक रोशनको निकट श्रोतलाई उद्दृत गर्दै लेखेको छ – ‘ऋतिक हतार गर्न चाहँदैनन्। उनी बिस्तारै सबासँगको सम्बन्धलाई नयाँ उचाईमा लैजान चाहन्छन्। यसका साथै उनी आफ्नो सम्बन्धलाई सञ्चारमाध्यमहरुबाट टाढै राख्न चाहन्छन्।’ यसका साथै ऋतिक रोशनले दोस्रो विवाह धुमधामसँग नगर्ने बताईएको छ। उनको विवाह फरहान अख्तर र शिबानी दान्डेकर जस्तै सीमित मानिसहरुबीच हुनेछ।