एजेन्सी : बलिउडकी ‘कन्ट्रोभर्सी क्वीन’ को उपाधि पाएकी राखी सावन्त प्राय: कुनै न कुनै कारण चर्चामा हुन्छिन्। राखी सावन्त आजभोलि सम्बन्धविच्छेदको खबरले चर्चामा छिन्। सम्बन्ध टुटेपछि राखी झन् बो;_-ल्ड अवतारमा देखा परेकी छिन्। हालै एउटा अवार्ड समारोहमा उनले लगाएको आउटफिट देखेर सबैजना हेर्या-हेर्यै भएका थिए। यस समारोहमा राखीले सेतोमा कालो बुट्टा भएको सारी लगाएकी थिईन्। साथै उनले डिप नेक ब्लाउज पनि लगाएकी थिईन्।

राखी सावन्त आफैंले आफ्नो इन्स्टाग्राम ह्यान्डलमा उक्त कार्यक्रममा जाँदाको भिडियो र रिल्स शेयर गरेकी छिन्, जसलाई उनका फ्यान्सले धेरै मन पराएका छन्। ग्लोबल फेम अवार्ड कार्यक्रममा सहभागी हुन् जाँदा राखीले यस्तो बो_ल्ड ड्रेस लगाएकी हुन्।

कार्यक्रममा नेहा धुपियाले राखी सावन्तलाई अवार्ड दिइन्। राखीले स्टेजमा पनि मजाक गर्न छाडिनन्। उनले थ्याङ्क्सगिभिङ स्पीचमा आफूले अस्कर अवार्ड छोडेर यो अवार्ड लिन आएको भन्दै हास्यविनोद गरिन्।

भिडियो यहाँ हेर्नुस् : –
View this post on Instagram
View this post on Instagram
