एजेन्सी- रुबीना दिलैकले आफ्नो सुन्दर अभिनयको साथै सामाजिक सञ्जालमा पोस्ट गरेको तस्बिरको कारण चर्चामा आउने गरेकी छिन् । अहिले अभिनेत्री हरेक दिन उनको नयाँ-नयाँ फोटो शुटको तस्बिर सार्वजनिक गरिरहन्छिन् ।
भारतीय टेलिभिजन क्षेत्रको चर्चित अभिनेत्री रुबीना दिलैकलाइ आजको समयमा कुनै परिचयको आवश्यक पर्दैन । उनको अद्भुत अभिनयले लाखौँ दर्शक माज संस्कारी बुहारीको नामबाट परिचित छिन् । अहिले मानिसहरु अभिनेत्रीको एक झलक पाउनको पर्खाइमा हुने गर्दछन् । अभिनेत्री आफ्ना फ्यानसँग जोडिरहन्को लागि पर्दा बाहेक सामाजिक सञ्जालमा पनि सक्रिय हुने गर्दछिन् ।

रुबीनाले बिहीबार इन्स्टाग्राममा आफ्नो पछिल्लो फोटो सुटको केही झलक शेयर गरेकी छिन् । यसमा उनी अप्सराको लुक्समा देखिएकी छिन् । यस क्रममा उनले रातो रंगको कपडा लगाएकी छिन् ।

यी फोटोहरूको पृष्ठभूमिमा जङ्गल देखिएको छ । रुबिनाले यहाँ विभिन्न लु-क्समा धेरै पोज दिएकी छिन् । यी तस्बिरमा नायिका निकै सुन्दर देखिएकी छिन्।

अहिले अभिनेत्रीको यस अवतारबाट फ्यानहरुले आफ्नो नजर हटाउन सकेका छैनन् । अहिले रुबीनाले सामाजिक सञ्जाल इन्स्टाग्राममा यी तस्बिर सार्वजनिक गरेको केही घण्टामा नै लाखौँ मानिसले लाइक कमेन्ट गरेका छन् ।







तस्बिर स्रोत: रुबीना दिलैक इन्स्टाग्राम
