हुल बाँधिएर पल शाह भेट्न पुगिन् पूजा शर्मा, गरे नाराबाजी

फोटो स्रोत: न्युज फिल्मी युट्युब च्यानल

अभिनेत्री पूजा शर्मा पुरै तयारीको साथमा बुधबार नाबालिकालाई बला:-त्कार गरेको आरोप लागेका कलाकार पल शाहलाइ भेट्न भनेर नायक पल शालाई अनुसन्धानको लागि राखिएको जिल्ला प्रहरी कार्यालय तनहु पुगेकी छिन् । जब अभिनेत्री पूजा त्यहा पुगेकी थिइन् । उनलाई देख्न साथ ठुलो सङ्ख्यामा मानिसको भिड जम्ममा भएको थियो ।

अहिले सामाजिक सञ्जाल युट्युबमा न्युज फिल्मी नामक एक च्यानलमा अभिनेत्री पललाई भेट्न जिल्ला प्रहरी कार्यालय तनहु पुगेको एक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक भिडियोमा आरोपित अभिनेताको समर्थनमा थुप्रै मानिस अभिनेत्री पूजाको अघि पछि नाराबाजी गर्दै हिडेको देख्न सकिन्छ ।

भिड र अभिनेत्री पूजाको हाउभाउ हेर्दा त्यहा उपस्थित मानिसको नारा बाजीले आरोपित बलात्कारी हो या होइन निर्णय गर्ने जस्तो देख्न सकिन्छ । अहिले प्रहरी अनुसन्धान कै क्रममा हुँदा प्रहरी चौकी अगाडी यसरी नाराबाजी हुँदा बलात्कार जस्तो जघन्य अपराधकालाई समर्थन गर्न लागेको जस्तो देखिन्छ ।

अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोमा केही केही विवादित संवाद भएपनि अडियो सुन्दा अभिनेता पल र समिक्षा विचमा सम्बधमा ठुलो रहस्य भएको छ भन्ने बुझ्न सकिन्छ । केही दिन पहिले सार्वजनिक अडियोमा पलले मेरो कारणले गर्भवती भएको भए पो स्विकार्नु प्रेमी-प्रेमिकामा यस्तो हुनु सामान्य कुरा हो भनेका छन् । तर पछि पलका म्यानेजरले त्यो अडियोलाई अवास्तविक भनेका छन् ।

प्रकाशित : बिहिबार, फागुन १९, २०७८१२:३८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक अर्को स्टारकिडलाई लन्च गर्ने ठेक्का लिए करण जौहरले, उनीमाथि खनिए नेटिजन