एक अर्को स्टारकिडलाई लन्च गर्ने ठेक्का लिए करण जौहरले, उनीमाथि खनिए नेटिजन

एजेन्सी : बलिउडका चर्चित निर्देशकहरुका सूचीमा करण जौहर (Karan Johar) को नाम शीर्ष स्थानमा आउँछ। उनले मनोरञ्जन जगतमा धेरै स्टारकिड्सलाई एन्ट्री दिएका छन्। यो सूचीमा आलिया भट्ट, वरुण धवन, अनन्या पाण्डे, जान्हवी कपूर, तारा सुतारिया लगायतका नामहरु आउँछन। अब यो फेहरिस्तमा एक अर्को नाम पनि जोडिने भएको छ। उनी हुन् सञ्जय कपूरकी छोरी शनाया कपूर (Shanaya Kapoor) ।

जान्हवी कपूर र इशान खट्टरलाई लिएर ‘धडक’ बनाएका चर्चित फिल्म निर्माता करण जोहरले आफ्नो आगामी फिल्म ‘बेधडक’ को घोषणा गरेका छन्। हरेक पटक जस्तै यस पटक पनि करण जोहरले बलिउडमा तीन नयाँ अनुहारलाई लन्च गरेका छन्। यस नयाँ फिल्ममा सञ्जय कपूरकी छोरी शनाया कपूर मुख्य भूमिकामा देखिनेछिन्। लामो समयदेखि बलिउडनगरीमा शनाया कपूरको बलिउड डेब्युको चर्चा हुने गर्थ्यो र अन्तत: यो चर्चालाई करण जौहरले मोहर लगाईदिएका छन्। शनाया कपूर सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन्। उनले दिनहुँजसो आफ्नो मनमोहक तस्बिरहरु शेयर गर्छिन्।

शनाया कपूर बाहेक करण जोहरले दुई नयाँ अनुहारलाई पनि बलिउडमा ल्याएका छन्। तीमध्ये एक लक्ष्य र अर्का गुरफतेह परजादा हुन्। धर्मा प्रोडक्सनले फिल्मको तीनवटा फस्ट लुक पोस्टरसहित तीनवटै परिचय दिने पोस्टर सार्वजनिक गरेको छ । यो फिल्मलाई शशांक खेतानले निर्देशन गर्नेछन्।

सामाजिक सञ्जाल फेसबुक लगायतका प्लाटफर्ममा नातावादलाई बढावा दिएको भन्दै करण जौहरको व्यापक आलोचना हुने गरेको छ। आरोपको बाबजूद पनि उनले स्टारकिडलाई लन्च गर्ने काम भने रोकेका छैनन्। शनाया कपूरलाई लन्च गर्ने करणको कदमलाई पनि नेटिजनले खासै रुचाएका छैनन्।

प्रकाशित : बिहिबार, फागुन १९, २०७८१३:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ह;_ट देखिने चक्करमा राखी सावन्तले लगाईन् यस्तो सारी, जवानी देखेर लालायित भए फ्यान्स