काठमाडौँ- अहिलेको पछिल्लो समय कलाकार दीपक राज गिरी पनि सामाजिक सञ्जालमा निकै सक्रिय छन् । साथै सामाजिक सञ्जालमा राजनीतिक होस् या अन्य कुनै विषयमा आफ्नो धरान राख्ने गर्दछन् । अहिलेको समयमा सामाजिक सञ्जालमा राजनीतिक भन्दा नायक पल शाह र गायिका समीक्षाको विषयले निकै चर्चा पाएको छ ।

पल शाहको विरुद्धमा गायिका समीक्षा अधिकारीले करणीको उजुरी दिए सँगै सामाजिक सञ्जालमा तर्क बितर्कक चर्चा हुने थालेको छ । अहिले पल समीक्षाको विषयमा केही मानिसहरु सहित युट्युब च्यानलहरु पनि पक्ष-विपक्षमा आफ्नो धारण राखेका छन् भने केही सामाजिक सञ्जाल र मानिस घटनाको यथार्थ सजिसक्दो छिटो बाहिर ल्याउन माग गरिरहेका छन् ।

त्यस्तैमा अहिले विभिन्न कलाकारले आफ्नो धारणा राखी रहेका छन् । त्यस्तैमा अहिले कलाकार दीपक राज गिरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गरेका छन् । जसमा कलाकारले अहले समयमा ६० प्रतिशत मानिस यथार्थ नजानी जता भिड छ उतै लाग्छन् ,तालि खान्छन्, ३० % मान्छे आफूलाई परे मात्रै बोल्छन् १०% मान्छे मात्रै अन्याय विरूद्द बोल्ने साहस राख्ने बताएका छन् ।

यस प्रकार छ कलाकार दीपक राज गिरीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पोस्ट ‘६०% मान्छे जता भिड छ उतै लाग्छन् ,तालि खान्छन् । ३० % मान्छे आफूलाई परे मात्रै बोल्छन् १०% मान्छे मात्रै अन्याय वि बोल्ने साहस राख्छन् !’
