शाहरुख खान र ऋतिक रोशनको फिल्मबीच कडा टक्कर हुँदै, कसले मार्ला बाजी ?

एजेन्सी : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (COVID-19) रोगको संक्रमण दर घटेपछि अहिले महिनौंदेखि रोकिएका चलचित्रको प्रदर्शन मिति धमाधम घोषणा भईरहेको छ। चलचित्र निर्माणकर्ताले मौकाको फाइदा उठाउँदै धमाधम चलचित्र रिलिजको मिति घोषणा गरिरहेका छन्।

कुनै फिल्महरु सन् २०२२ को सट्टा अर्को वर्ष २०२३ मा रिलिज गरिने तय भएका छन्। कतिपय बलिउड फिल्महरु भने यहीँ वर्ष रिलिज हुनेछन्। जसको फलस्वरूप फिल्महरुबीच बक्स अफिसमा कडा भीडन्त हुने अनुमान गरिएको छ।

फाइटर- पठान 

शाहरुख खानको बहुप्रतिक्षित कमब्याक फिल्म पठानको रिलिज मिति सार्वजनिक भएको छ। यो फिल्म २५ जनवरी सन् २०२३ मा भारतको गणतन्त्र दिवसको छेकोमा रिलिज हुनेछ। यसको ठिक एक दिनपछि २६ जनवरीमा ऋतिक रोशन र दीपिका पादुकोणको फिल्म ‘फाइटर’ रिलिज हुँदैछ।

दुवै फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन्, जसमा दीपिका पादुकोण मुख्य भूमिकामा छिन्। यो ठूलो टकरावबाट बच्न दुईमध्ये एक फिल्मको निर्माताले रिलिज मिति अगाडी या पछाडी पार्न सक्छन्।

प्रकाशित : बिहिबार, फागुन १९, २०७८१२:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हुल बाँधिएर पल शाह भेट्न पुगिन् पूजा शर्मा, गरे नाराबाजी