हिले सामाजिक सञ्जालमा नायक पल शाह र समीक्षाको विषयमा विभिन्न कलाकार तथा अभिनेत्रीले राखेको विचार निकै भाइरल भएको छ । त्यसै क्रममा अहिले अभिनेत्री पूजा शर्माको एक भनाइ निकै भाइरल भएको छ । जसमा अभिनेत्रीले बलात्कारको अर्थ थाहा नभएको बताएकी छिन् । साथै नेपालमा एक कलाकारको महत्त्व बुझ्न नसकेको कारण देशपछि परेको बताएकी छिन् ।
गायिका समीक्षा अधिकारीले अहिले अभिनेता पल शाहको विरुद्धमा आफूलाई विभिन्न प्रलोभनमा परेर बला-त्कार गरेको आरोप लगाउँदै उजुरी दिएकी छिन् । गायिकाले फागुन ११ गते बुधबार अभिनेता पल शाहको विरुद्धमा जब-र्जस्तिको उजुरी दिएकी हुन् । उजुरी परेपछि फरार रहेका अभिनेता पल शाह फागुन १५ गते मात्र प्रहरीमा आत्मसमर्पण गरेका थिए ।
अहिले अभिनेत्री पूजा शर्मा निरन्तर रुपमा अभिनेता पल शाहको समर्थनमा देखिएकी छिन् । अहिले फागुन १३ गतेबाट पूजा र पल अभिनेता चलचित्र ‘म यस्तो गीत गाउँछु २’ नेपाल भर लागि रहेको छ । यति मात्र नभई अभिनेत्रीले घटनाको यथार्थ बाहिर नआउँदै अभिनेताको समर्थनमा देखिन्छिन् ।
केही दिन पहिले अभिनेता फरार रहेको समयमा पनि अभिनेत्री अभिनेता पलको तस्बिर भएको टि-शर्ट लगाएर चलचित्रको प्रचारमा देखिएकी थिइन् ।
अहिले पुन: सामाजिक सञ्जालमा अभिनेत्री पूजाको अन्तर्वार्ताको क्रमका केही भिडियो निकै भाइरल भएको छ । भिडियोमा देख्न सकिन्छ अभिनेत्रीले उनलाई बला-त्कार भनेको के हो भनेर थाहा नभएको बताएकी छिन् । साथै अभिनेता पल शाहलाई यथार्थ थाहा नहुँदै, दोषी प्रमाणित नहुँदै हतकडी लगाएको भन्दै नेपालमा कलाकारको सम्मान हुन नसकेको बताएकी छिन् ।