दिनहुँ लाेग्नेका पिटाई खान्थे यी बलिउड नायिकाले, अत्ति भएपछि गरे डिभोर्स

एजेन्सी : बलिउड अभिनेत्री एवं पूनम पाण्डे अहिले भारतीय रियालिटी शो ‘लक अप’ मा प्रतियोगीको रुपमा देखिएकी छिन्। यस शोमा उनले श्रीमान् साम बम्बेबाट उत्पीडनको सिकार भएको खुलासा गरेकी छिन्। पूनमले श्रीमानको पिटाईबाट ब्रेन हेमरेजको शिकार भएको समेत बताईन्। श्रीमानको कुटपिटबाट पुनमको टाउको, आँखा र अनुहारमा गम्भीर चोट लागेको थियो। उनले साम विरुद्ध एफआईआर पनि दर्ता गरेकी थिईन्।

पूनमले सन् २०२० मा निर्माता साम बम्बेसँग विवाह गरेकी थिइन्। यो जोडी हनिमुनका लागि गोवा गएका थिए। हनिमुनकै बीच सामले कुटपिट गरेपछि उनले गोवा प्रहरीमा उजुरी दिएकी थिइन्। तर त्यसपछि दुवैबीच मेलमिलाप भयो र गोवा प्रहरीले पनि सामलाई सशर्त जमानतमा रिहा गरेको थियो। पूनम मात्र त्यस्तो सेलिब्रेटी होइनन्, जो घरेलु हिंसाको सिकार भए। भारतीय सिनेमा जगतमा यस्ता थुप्रै अभिनेत्रीहरु छन्, जसले लोग्नेको हातबाट पिटाई खाए।

• करिश्मा कपूर : – 

सन् २००३ मा करिश्माले व्यापारी सञ्जय कपूरसँग विवाह गरेकी थिईन्। ११ वर्षको वैवाहिक सम्बन्धबाट दुई सन्तान पनि भए। तर सन् २०१४ मा जब अभिनेत्री करिश्माले सम्बन्ध विच्छेदको लागि निवेदन दिईन्, सबैजना चकित परे। करिश्माले पति सञ्जय कपुर र उनका परिवारका सदस्यहरूमाथि घरेलु हिंसाको आरोप लगाएकी थिईन्। करिश्मा सञ्जयकी दोस्रो श्रीमती थिइन् ।

• युक्ता मुखी : – 

युक्ता मुखीले सन् १९९९ मा मिस इन्डिया र मिस वर्ल्डको उपाधि जितेकी थिइन्। पूर्व विश्व सुन्दरीले सन् २००८ मा न्यूयोर्कका व्यापारी प्रिन्स तूलीसँग विवाह गरेकी थिइन्। तर दुवैको विवाह पाँच वर्षभन्दा बढी टिक्न सकेन। सन् २०१३ मा युक्ताले मुम्बईमा आफ्ना पति प्रिन्स तुलीविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन्। एफआइआरमा कुटपिट, दाइजो उत्पीडन, अप्राकृतिक _-यौ;_न सम्बन्ध जस्ता कुराहरु भनिएको थियो। दुवैको एक छोरा छन्, जसको कस्टडी युक्ताले पाईन्।

• श्वेता तिवारी : – 

घरेलु हिंसाका कारण पहिलो श्रीमान राजा चौधरीसँग सम्बन्धविच्छेद गरेपछि श्वेताले अभिनव कोहलीसँग दोस्रो विवाह गरेकी थिइन्। तीन वर्षअघि अभिनेत्रीले अभिनवमाथि हात उठाएको आरोप लगाएकी थिइन्। त्यसपछि उनकी छोरी पलक चौधरीले पनि सामाजिक सञ्जालमार्फत अभिनवमाथि धेरै सङ्गीन आरोप लगाएकी थिइन्। अभिनव र श्वेता सँगै बस्दैनन् तर सम्बन्ध-विच्छेद पनि भएको छैन्।

• रति अग्निहोत्री : – 

बलिउडकी दिग्गज अभिनेत्री रति अग्निहोत्रीले सन् २०१५ को मार्चमा आफ्ना श्रीमान् अनिल विरवानीविरुद्ध कुटपिटको मुद्दा दायर गरेकी थिइन्। मुम्बईको वर्ली प्रहरी चौकीमा उजुरी दर्ता गर्दा रतिले प्रहरीलाई झगडापछि पतिले मरणासन्न पिटेको र मानसिक यातना दिएको बताएकी थिइन्। यो खबर सामाजिक सञ्जाल एवं सञ्चारमाध्यमहरुमा सार्वजनिक भएपछि दुवैले सम्बन्धविच्छेद गरेका थिए।

• वाहबिज दोराबजी : – 

टिभी अभिनेत्री वाहबिज दोराबजीले आफ्ना श्रीमान् तथा चर्चित अभिनेता भिभियन डिसेनाविरुद्ध घरेलु हिंसाको उजुरी दिएकी थिइन्। वाहबिज र भिभियनको भेट ‘प्यार की एक कहानी’ शोमा भएको थियो। त्यसपछि दुवैले सन् २०१३ मा विवाह गरेका थिए। सन् २०१६ मा सम्बन्धविच्छेदको लागि निवेदन दिएको एक वर्षपछि दुवै जना अलग भएका थिए।

• मन्दना करीमी : – 

बिग बोसकी प्रतियोगी तथा अभिनेत्री मन्दना करीमीले सन् २०१७ मा आफ्ना प्रेमी गौरव गुप्तासँग विवाह गरेकी थिइन्। विवाहको केही महिनापछि मन्दनाले पति गौरवविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । उनले गौरवले आफूलाई काम गर्नबाट रोकेको र साथीभाइसँग भेटघाट गर्न समेत प्रतिबन्ध लगाएको आरोप लगाएकी थिईन्। उनलाई पटकपटक घरबाट निकालिएको पनि थियो। गौरवका आमाबुवाले पनि मन्दनासँग दुर्व्यवहार गर्थे, जसबाट आजित भएर उनले केस हालेकी थिईन्।

• दलजीत कौर : – 

बिग बोस १३ की प्रतियोगी र नच बलिए ४ की विजेता अभिनेत्री दलजित कौरले श्रीमान् शालीन भानोटविरुद्ध यातना र कुटपिटको मुद्दा दायर गरेकी थिइन्। विवाहको ६ वर्षपछि दाइजोको माग गर्दै यातना दिन थालेपछि दलजीतले उजुरी दिएकी थिईन्।  पति शालीनसँग छुट्टिएर अहिले उनी छोरा जोर्डनसँग एक्लै बसिरहेकी छिन् ।

• दीपशिखा नागपाल​​​​​​​​​​​​​​ : – 

बलिउड तथा टिभी अभिनेत्री दीपशिखा नागपाल आफ्नो वैवाहिक जीवनका कारण निकै चर्चामा आउँथिन्। उनले जीत उपेन्द्रसँगको पहिलो विवाह तोडिएपछि मोडल केशव अरोरासँग दोस्रो विवाह गरेकी थिईन्। तर यो विवाह पनि लामोसमय टिक्न सकेन्। उनले श्रीमान् विरुद्ध कुटपिट गरेको उजुरी दिएकी थिइन्। उजुरी दिएपछि पनि उनले श्रीमानलाई सुध्रिन धेरै मौका दिईन्। तर पतिको व्यवहारमा अलिकति पनि सुधार नआएपछि अन्तत: उनले सम्बन्ध विच्छेद गरिन्। अहिले नायिका आफ्ना दुई सन्तानसँग एक्लै बस्छिन्।

• रश्मि देसाई : – 

बिग बोस १३ मा देखिएकी अभिनेत्री रश्मी देसाई आफ्नो व्यक्ति जीवनको कारण सधैँ चर्चामा हुन्छिन्। उनले ‘उतरन’ को को-स्टार नन्दीश सिंहसँग विवाह गरेकी थिईन्। तर केही वर्षमै उनीहरुको सम्बन्ध टुट्यो । यी दुईको सन् २०१६ मा सम्बन्धविच्छेद भएको थियो। सम्बन्धविच्छेदपछि रश्मीले एक अन्तर्वार्तामा आफ्नो वैवाहिक जीवन सुखद् नरहेको बताएकी थिईन्। उनले आफूमाथि पति नन्दीशले दुर्व्यवहार गर्ने गरेको खुलाईन्। नन्दिशले उनलाई हरेक कुरामा शङ्का गर्थे र उनलाई काम गर्नबाट पनि रोक्ने गर्थे।

• डिम्पी गांगुली : – 

डिम्पी गांगुलीले रियालिटी शो मार्फत राहुल महाजनसँग विवाह गरेकी थिइन्। बिहे गरेको केही महिनापछि डिम्पीले राहुलको घर छोडेकी थिइन्। घर छोडेपछि डिम्पीले राहुलमाथि कुटपिट गरेको आरोप लगाएकी थिइन्। त्यसबेला डिम्पीको पुरै अनुहार र शरीरमा कुटपिटको निशान पनि थियो। डिम्पीले अन्तर्वार्तामा यो पनि बताइन् कि झगडाका क्रममा राहुलले आफूतर्फ बन्दुकसमेत ताकेका थिए।

प्रकाशित : बिहिबार, फागुन १९, २०७८११:३७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सामाजिक सञ्जाल मार्फत कलाकार दीपक राज गिरीको अर्को कडा प्रहार !