काठमाडौँ- अहिले नायक पल शाहको विरुद्धमा गायिका समीक्षा अधिकारीले करणीको उजुरी दिए सँगै सामाजिक सञ्जालमा तर्क बितर्कक चर्चा हुने थालेको छ । अहिले पल समीक्षाको विषयमा केही मानिसहरु सहित युट्युब च्यानलहरु पनि पक्ष-विपक्षमा आफ्नो धारण राखेका छन् भने केही सामाजिक सञ्जाल र मानिस घटनाको यथार्थ सजिसक्दो छिटो बाहिर ल्याउन माग गरिरहेका छन् ।
त्यस्तैमा अहिले विभिन्न कलाकारले आफ्नो धारणा राखी रहेका छन् । त्यस्तैमा अहिले कलाकार दीपक राज गिरीले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट सार्वजनिक गरेका छन् । जसमा कलाकारले अदालतमा पुगेको मुद्दालाई सहयोग गर्नु भन्दा पनि विवादमा लान खोज्नु गलत भएको उल्लेख गरेका छन् ।
यस प्रकार छ कलाकार दीपक राज गिरीले सामाजिक सञ्जालमा सार्वजनिक गरेको पोस्ट यो चाही दोषी हो ,त्यो चाही ठिक, एउटा पक्षसँग प्रेम ,अर्कोंसँग रिस गल्ती-गल्लीमा न्यायालय, घर घरमा न्यायाधीश ।’
त्यस्तै केही दिन पहिले पनि कलाका दीपकले एक पोस्ट सार्वजनिक गरेका थिए । जुन सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । त्यस्तै अहिले कलाकार दीपकले सार्वजनिक गरेको पोस्ट निकै भाइरल भएको छ । भने पोस्टमा मानिसहरुले लगातर लाइक कमेन्ट गरिरहेका छन् ।