अभिनेता पल शाह प्रकरणमा अभिनेत्री ऋचा शर्माले मुख खोलिन्, भनिन् यस्तो

काठमाडौँ : अहिले गायिका समीक्षा अधिकारी र नायक पल शाहको केशमा विभिन्न कलाकार र अभिनेता अभिनेत्रीले आफ्नो धारणा राखेका छन् । केहीले अडिक रुपमा पलको समर्थन गरेका छन् भने केहीले गायिका समीक्षाको न्याएको लागि आवाज उठाई रहेका छन् । त्यस्तै केहीले एक अर्कोलाई दोषी देखाउनु भन्दा छिटो घटनाको यथार्थ बाहिर ल्याउन र दोषीलाई कारबाही गर्न माग गरिरहेका छन् ।

त्यस्तैमा अहिले अभिनेत्री ऋचा शर्माले सामाजिक सञ्जालमा एक पोस्ट सार्वजनिक गरेकी छिन् । अहिले घटना बाहिर आएको केही दिनपछि अभिनेत्री ऋचाले पनि तर्क राखेकी छिन् । अभिनेत्री सार्वजनिक गरेको पोस्ट अहिलेको चलिरहेको केश नायक पल शाह र गायिका समीक्षा अधिकारीको विषयमा आफ्नो धरान राख्ने क्रममा जसमा अभिनेत्रीले बालिकाको उमेर, उनीहरुले कानुनबाट प्राप्त गर्ने सुरक्षा र नेपाली समाजको चलनको बारेमा लेखेकी छिन् ।

यस प्रकार छ अभिनेत्री ऋचा शर्मा सामाजिक सञ्जालमा सार्वजनिक  गरेको पोस्ट 

‘मुलुकी अपराध संहिताले भन्छ’ १८ वर्ष मुनिकासँग -यौ_-:न सम्बन्ध राख्नु बला-त्कार हो।’ कानुनमा कसले, के, कुन अवस्थामा उल्लेख नगरेको कारण नाबालिगको संरक्षणको जिम्मा राज्यको हो। राज्य भनेको हामी पनि त हौनी हैन र ? १८ वर्ष मुनिकाको सहमतिमै यौ;_-न सम्बन्ध भए पनि बला:त्कार ठहरिनुको कानुनी ब्यवस्था हुनुको अर्थ निर्णय क्षमतासँग जोडिन्छ नै।

अनी नाबालिगको संरक्षणको जिम्मेवारी समाजको पनि भएकाले नै यस्ता कानुनी प्रवन्ध गरिएको हो। यति बुझौँ नाबालिगकै करमा पनि कसैले -यौ_-:न सम्बन्ध राख्यो भने त्यो ब;_ला_-त्कार हो। उसैले बोलाएको भनेर कानुनले छुट दिन्न !!

मलाई विश्वास छ नाबालिगको विश्वासको हत्या गर्नेको पक्षमा लागेर एक नाबालिगको चरित्र ह;_त्या गर्न सक्दैन मेरो समाजले। नाबालिगको संरक्षण, कानुनको सम्मान हो।’

प्रकाशित : मङ्गलबार, फागुन १७, २०७८१३:२५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दुई सन्तानकी आमा अभिनेत्री करीनाले बो:-ल्ड लुक दिनलाई खोलिन् टप, ७ तस्बिर सहित !