बलिउड अभिनेत्री करीना कपूर अभिनयको साथै फेसन सेन्सका कारण पनि चर्चामा आउने गरेकी छिन् । अहिले अभिनेत्री करीनाको सामाजिक सञ्जालमा यस्तो तस्बिर सार्वजनिक भएको छ । जसमा अभिनेत्री निकै बो-ल्ड देखिएकी छिन् ।
अहिले सामाजिक सञ्जालमा भाइरल भएको तस्बिरमा करीना कपूरले स्कर्ट र टप लगाएकी छिन् जसमा अभिनेत्रीको टप अगाडिबाट खुला राखेकी छिन् ।
हालै अभिनेत्रीले सार्वजनिक गरेको तस्बिरमा करीना कपूर खानले अगाडिको भाग खुला भएको टप लगाएको देखिन्छ। जसका कारण करीनाको सेतो ब्रा स्पष्ट देखिन्छ ।
यी तस्बिरहरु करीना कपुर खानले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा सेयर गरेकी छिन् । यी तस्बिरहरू सेयर गर्दै अभिनेत्रीले क्याप्सनमा लेखेकी छिन् ‘मार्चमा नयाँ स्टाइल।’
करीना कपूर खान चाँडै आमिर खानसँग फिल्म ‘लाल सिंह चड्ढा’ मा देखिँदै छिन् । हालै यो फिल्मको रिलिज मिति सरेको छ । केही दिनअघि चर्चित फिल्म समीक्षक तरण आदर्शले ट्विटरमा फिल्मको रिलिज मिति सरेको जानकारी दिएका थिए । तरण आदर्शले फिल्म निर्माताहरूको तर्फबाट आधिकारिक बयान साझा गरेका थिए । यो पोस्टमा लेखिएको थियो- ‘आउनुहोस्’ ।