अहिले बलिउड अभिनेता शाहरुख खान र गौरी खानकी प्यारी छोरी सुहाना खानको केही तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । जसमा उनीहरुको स्वदेसी लुकलाई मानिसहरुले निकै मन पराइरहेका छन् ।
बलिउड अभिनेता शाहरुख खानको छोरी सुहाना खानको चर्चा कुनै चर्चित बलिउड अभिनेत्रीको भन्दा कम छैन । त्यस्तै अभिनेत्री सुहाना अभिनय क्षेत्रमा नदेखिए पनि सामाजिक सञ्जालमा निकै सक्रिय छिन् । सुहाना समय-समयमा उनको विभिन्न अवतारको तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छिन् ।
त्यस्तैमा अहिले सुहानाको केही तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ । जसमा सुहाना साधार पोसाकमा देखिएकी छिन् । जहिले पनि बो-ल्ड अवतारमा देखिने सुहाना अहिले भने स्वदेशी लुकमा देखिएकी छिन् । अहिले सुहानाको सुन्दर लुक देखेर फ्यानहरुको मनमा हलचल मच्चिएको छ ।
प्रसिद्ध फेसन डिजाइनर मनिष मल्होत्राले सुहाना खानका यी तस्विरहरू इन्स्टाग्राम अकाउन्टमा सेयर गरेका छन् । तस्बिरमा सुहाना खान सेतो रङ्गको ब्या-कलेस कुर्ता सुरुवालमा देखिएकी छिन् ।
यससँगै सुहानाले सेतो रङ्गको सल बोकेकी छिन् । जसमा उनी निकै सुन्दर देखिएकी छिन् । उनले क्यामेराको अगाडि विभिन्न पोज दिँदै दिएका छन् ।
केही दिनयता सुहाना खान छिट्टै बलिउडमा डेब्यु गर्दै छिन् भन्ने खबरहरु आइरहेका छन् । तर, यो फिल्मको बारेमा अहिलेसम्म कुनै आधिकारिक घोषणा गरिएको छैन । मिडिया रिपोर्टका अनुसार सुहाना खान जोया अख्तरको फिल्मबाट बलिउडमा आफ्नो करियर सुरु गर्दै छिन् ।