सामाजिक सञ्जालमा बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको बारेमा पछिल्लो समयमा कुनै न कुनै नयाँ खबर सामाजिक सञ्जालमा आउने गरेको छ । हालै अभिनेत्रीको केही खबर सामाजिक सञ्जालमा भाइरल भएको छ । साथै अभिनेत्रीका केही तस्बिर पनि निकै भाइरल भएको छ ।
अहिले सामाजिक सञ्जालमा अभिनेत्रीको विवाहको खबर निकै भाइरल भएको छ । रिपोर्टहरू अनुसार उनले विवाह गर्ने व्यक्तिको नाम थाहा पाउँदा छक्क पर्नुहुनेछ । बलिउड अभिनेता सलमान खान प्राय: सधैँ विवाहको खबरलाई लिएर चर्चामा हुने गर्दछन् । उनका फ्यानहरु सलमानले कहिले विवाह गर्छन् भनेर जान्न इच्छुक छन् ।
हालै सामाजिक सञ्जालमा सलमान खानको एउटा तस्बिर भाइरल भइरहेको छ । जसमा सलमान खान दुलहाको भेषमा देखिएका छन् । सलमानसँग नजिक रहेकी अभिनेत्री सोनाक्षी सिन्हाले पनि सिउँदोमा सिन्दूर लगाएको देखिन्छ । यस तस्बिरमा अभिनेता सलमान खान अभिनेत्री सोनाक्षीलाई औँठी लगाउँदै गरेको देख्न सकिन्छ ।
अहिले सामाजिक सञ्जालमा सलमान र सोनाक्षीको तस्बिर निकै भाइरल भएको छ । वास्तवमा यो तस्बिर झुटो हो । कसैले यस तस्बिरलाई इडि-ट गरेर बनाएको तस्बिर हो । यसअघि आमिर खानको तस्बिर पनि भाइरल भएको थियो । धेरै अनुसन्धानपछि त्यो तस्बिर वास्तविक नभएको थाहा भएको थियो ।